राजनीति

नागरिकलाई सुरक्षाको प्रत्याभूति जरुरी : मन्त्री भुसाल

पुस ४, २०७६

    रुपन्देही : कृषि तथा पशुपक्षीमन्त्री घनश्याम भुसालले बाँच्न पाउने नागरिकको अधिकार रक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने बताए।

    रुपन्देहीको देवदहमा शहीद दुर्गा वसन्त स्मृति प्रतिष्ठानले शुक्रबार आयोजना गरेको स्मृति सभामा मन्त्री भुसालले हत्याहिंसा रोक्न नसक्नु सरकारको कमजोरी भएकाले अबका दिनमा जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध हुनुपर्ने धारणा राखे।

    कार्यक्रममा प्रदेशसभा सदस्यहरू भोजप्रसाद श्रेष्ठ, डा कृष्ण न्यौपाने, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट, प्रतिष्ठानका अध्यक्ष सिद्धिचरण भट्टराई, युवा संघका केन्द्रीय सदस्य सरिता श्रीष लगायतले नागरिकको जीवन रक्षा सरकारको जिम्मेवारी भएको बताए।

    तत्कालीन नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष रहेको दुर्गा तिवारीको तीन वर्षअघि देवदहमा गोली हानेर हत्या गरिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]