काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ठूला-ठूला विकास निर्माणका लागि छुट्याएका बजेट खर्च हुन नसक्दा मुलुकले समस्या झेलेकोले त्यस्ता निकायलाई आफूहरूले नछोड्ने बताएका छन्। दाहालले विकास खर्च समयमै सही ढंगले खर्च गर्न अर्थ समितिबाट निर्देशन दिई अनुगमनसमेत गर्ने दृढता राखेका छन्।
‘पूँजीगत खर्चको अवस्था र सुशासन’ विषयमा सञ्चार केन्द्र नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा सभापति दाहालले धेरै विकासको काम चित्तबुझ्दो नभएकोले अनुगमन निरन्तर चल्ने बताए।
राष्ट्रिय योजना आयोगका सदस्य डा. केपी ओलीले राष्ट्रिय योजना आयोगले आवश्यकताका आधारमा योजना बन्नु पर्ने आजको माग अनुसारै योजना बनाएको जानकारी दिए। ओलीले त्यसैअनुसार काम भए, नभएको निगरानी समेत आयोगले गरेको बताए।
राष्ट्रिय सतर्कता केन्द्रका सचिव डा. ॠषिराम शर्माले सरकारी निकायले नै ठेक्का सम्झौता ढिला गर्ने गरेको, विभिन्न निकायबीच असमझदारी र बाह्य प्रभावले काममा ढिलाई भएको, कागजात पर्याप्त नभएको र अनुगमन समेत फितलो हुने गरेकोमा असन्तुष्टि राखे।
सडक विभागका महानिर्देशक केशव कुमार शर्माले पूँजीगत खर्च सोचेअनुसार नभएको स्वीकार्दै अब सबै पक्षको सहयोगमा विकास खर्च गरी समृद्धिको सपना पूरा गराउन लाग्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनले आफूहरूलाई ऊर्जा मिलेको र कार्यान्वयनमा अबका दिनमा ढिलाई नगरी लक्ष्य पूरा गर्न सडक विभाग लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सञ्चार केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौलागाईंले विकास खर्च कम भएका कारण जनतामा निराशा उत्पनन भएको परिस्थितिलाई सबै गम्भीर हुनुपर्ने बताए। त्यसमा झक्झकाई भावी दिनमा सबै निकायले जनताको अपेक्षाअनुसार काम गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।