समाज

एयरपोर्टको आकष्मिक अनुगमनमा निस्किए पर्यटनमन्त्री

पुस ४, २०७६

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आकष्मिक अनुगमन गरेका छन्। शुक्रबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर उनले त्यहाँ भइरहेको कामकोबारेमा अनुगमन गरेका हुन्।

    नेपाल भ्रमण वर्ष-२०२० को पूर्वसन्ध्यामा विमानस्थलको अवस्था, तयारी र कर्मचारीहरुको कामको अनुगमन गर्न मन्त्री भट्टराई विमानस्थल पुगेका हुन्। 

    विमानस्थलस्थित अध्यागमन कार्यालयले परिवर्तन गरेका संरचनाको पनि मन्त्री भट्टराईले अवलोकन गरे। अध्यागमनको परिवर्तित संरचनाबारे अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले उनलाई जानकारी गराए।

    नेपाल भ्रमण वर्ष-२०२० नजिकिइरहेका बेला मन्त्री भट्टराईले विमानस्थलसहित पर्यटनसम्बद्ध निकाय र स्थानको अनुगमन तीव्र पारेका छन्। अनुगमनमा पर्यटन मन्त्रीसँग नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित विमानस्थल पुगेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]