समाज

हिमपातले अवरुद्ध सडक सञ्चालनमा नआउँदा मर्कामा मनाङवासी

पुस ५, २०७६

    मनाङ : हिमपातले अवरुद्ध  मनाङ–बेंशीसहर सडकखण्ड अझै सञ्चालनमा आएको छैन। सडकमा हिउँ जमेकाले सडक सञ्चालनमा आउन नसकेको हो।

    सडकमा जमेको हिउँ पन्छ्याउन जिल्ला प्रहरी कार्यालय चामे मनाङले प्रयास गरे पनि अत्यधिक चिसोका कारण सफल भएको छैन। लमजुङको सदरमुकाम बेंशीसहरदेखि नासों गाउँपालिकाको दानाक्युसम्म सवारी साधन आवतजावत गरे पनि  चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा सवारी आवगमन ठप्प छ।

    गत मंसिर २६ देखि परेको हिमपातले मनाङवासी र पर्यटक मर्कामा परेका छन्। चिसोका कारण अन्नपूर्ण पदमार्गमा आउने पर्यटक बीच बाटोबाटै फर्कन बाध्य भएका छन्। चिसो छल्न जिल्लाबाहिर जाने मनाङवासी दुई दिन लगाएर हिउँमा हिँड्न बाध्य छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]