अर्थ

कुमारीपाटीमा नेपाली कला-संस्कृतिसहितको थ्रिडी रेष्टुराँ खुल्यो

पुस ५, २०७६

    काठमाडौं : ललितपुरको कुमारीपाटीमा नेपाली कला-संस्कृति झल्काउने थ्रिडी रेष्टुराँ सञ्चालनमा ल्याइएको छ। डेढ करोड रुपैयाँमा नेपालमै पहिलोपटक नेपाली कलाले सजाइएको पहिलो रेष्टुराँ खोलिएको यसका सञ्चालक सुन्दर विष्टले दावी गरेका छन्। 

    पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, गायक रामकृष्ण ढकाल, धीरज राई, नायिका निता ढुङ्गानालगायतले उद्घाटन गरेसँगै यो रेष्टुराँ शुक्रबारदेखी औपचारिक सञ्चालनमा आएको छ। यो रेष्टुरामा थ्रिडी आर्ट गर्न मात्रै करिब पाँच महिनाको समय लागेको सञ्चालक विष्टले जानकारी दिए।

    रेष्टुराँको प्रवेशद्वारलाई नै नेपाल भ्रमण वर्ष-२०२० बारे जानकारी दिने कलाहरूले सजाइएको छ। रेष्टुराँमा प्राङ्गारिक (अर्गानिक) परिकारका साथै थ्रिडी स‌ंगीतको व्यवस्था गरिएको छ।

    सांसद बस्नेतले यो रेष्टुराँ नाफामुखी मात्र नभई नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष-२०२० को प्रचारप्रसारमा समेत सहयोगी बनेकोमा खुशी व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]