स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरका लागि तीनजनाको नाम सिफारिस

पुस ५, २०७६

    काठमाडौं :  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष (रेक्टर) पदका लागि तीनजनाको नाम सिफारिस भएको छ।

    प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समक्ष तीनजनाको नाम सिफारिस गरेका हुन्।

    उपकुलपति प्रा.डा. वाग्लेले प्रा.डा. भरतमणि पोखरेल‚ प्रा.डा. बद्री बढू र सहप्रा.डा. निरेश थापाको नाम सिफारिस गरेका हुन्। निवर्तमान शिक्षाध्यक्ष डा. धर्मराज श्रेष्ठको कार्यवधि जेठ २५ मा सकिएपछि सात महिनादेखि प्रतिष्ठान शिक्षाध्यक्षविहीन छ।

    प्रतिष्ठान ऐन, २०६८ को दफा २१ को ९१० बमोजिम उपकुलपतिबाट सिफारिस हुने तीनजनामध्येबाट सहकुलपतिले चार वर्षे कार्यकालका लागि एकजना शिक्षाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]