समाज

आन्दोलनको नाइके महिला कैदीबन्दीको सरुवा

पुस ५, २०७६

    बाँके : नेपालजञ्जमा रहेको जिल्ला कारागार, बाँकेमा रहेका दुई महिला कैदीलाई अन्यत्र सरुवा गरेको छ। कारागारका चौकीदारले गुणस्तरहीन खाना खुवाएको लगायत आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि आन्दोलनका मुख्य नाइके भनिएका भगवती राना र प्रेमा चन्दलाई अन्यत्र सरुवा गरिएको हो। 

    रानालाई नवलपरासी र चन्दलाई पाल्पामा शुक्रबार बेलुका सरुवा गरिएको निमित्त जेलर दीपेन्द्र पौडेलले जानकारी दिए। शुक्रबार बिहानैदेखि आन्दोलित कारागारका महिला कैदीले चौकीदार फेरबदल गर्नुपर्ने लगायतका माग गरेका थिए। दिनभर तनावग्रस्त रहेको कारागारमा शुक्रबार बेलुका कारागार प्रशासनले चौकीदार ललिता रेग्मीमाथि अनुसन्धान गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन रोकिएको पौडेलले बताए।

    यसैवीच, कारागार प्रशासनले कैदीबन्दीले उठाएको मागलाई सम्बोधन गर्न रेग्मीमाथि छानविन सुरु गरेको बताएको छ। महिला कैदीले चौकीदार रेग्मीले आफूहरुमाथि रुखो व्यवहार गरेको, गुणस्तरहीन खाना खुवाएको लगायतका आरोप लगाएका छन्।

    गत कात्तिक १४ मा पुरुष कैदीबन्दीले आन्दोलन गरेपछि जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरा लगायतको सरुवा भएको थियो। त्यसयता कारागार प्रमुखविहीन छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]