बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। दोगडाकेदार गाउँपालिका, नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफू सरकारी विद्यालयबाट भर्खरै बोर्डिङमा सारिएको विद्यार्थीजस्तो भएको बताएका छन्।
नेपाल चिकित्सक संघले मन्त्री ढकाललाई स्वागत तथा बधाइ दिएको कार्यक्रममा आफू सरकारी विद्यालयमा पढ्दै गरेको विद्यार्थीलाई एक्कासि बोर्डिङमा सारिँदा ऊ जसरी अलमलमा पर्छ आफू पनि कनुन मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सारिँदा त्यस्तै अलमलको अवस्थामा रहेको बताएका हुन्।
‘सरकारीमा राम्रै गरिरहेका सरहरूले बोर्डिङमा लगे, अहिले बडो अलमलमा परेको छु, कानुन मन्त्रालयमा राम्रो नतिजा दिएकाले प्रधानमन्त्री तथा पार्टीले आफूलाई प्रत्यक्ष जनसरोकारको तथा समस्या बढी भएको स्वास्थ्यको जिम्मेवारी थपिएको छ, म आफ्नो जिम्मेवारी पूरा गरेरै छाड्ने छु‘ उनले भने।
यस्तै उनले स्वास्थ्य क्षेत्रको लागि मन्त्री परिषद्बाट गर्ने निर्णयको लागि आफ्नो ठाउँबाट सकेको लड्ने र स्वास्थ्य क्षेत्रलाई अनिर्णयको बन्दी नगराउने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले सरकारी अस्पतालमा करोडौँ करोडौँको उपकरण किने प्रयोगविहीन गराएको प्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफ्नो कार्यकालमा नै यस्तो बेथीतिको अन्त्य गर्नेसमेत बताए।
उनले भने, ‘सरकारी अस्पतालमा करौडौँ करौडौँको उपकरण किनिएको छ, तर किन त्यसको प्रयोग गरिएको छैन? मैले बुझेको छैन मेरो कार्यकालमा म खरिद गरिएका कुनै पनि उपकरणलाई प्रयोगविहीन राख्न दिने छैन।'
मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा थीति नभएको र सबभन्दा पहिला थीति बसालेर मन्त्रालयको कामकाज अघि बढाउनु पर्ने बताउ। उनले भने, ‘थीतिको आरम्भ स्वास्थ्य मन्त्रालय भित्रैबाट गर्नुपर्छ भन्ने कुराको अनुभूति भइरहेको छ।‘
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।