खेलकुद

गौतम बुद्ध रंगशाला बनाउन विद्यालयले दियो एक लाख

पुस ५, २०७६

    काठमाडौं : नवलपुरको रजहरस्थित अमर ईंग्लीस स्कुलले आफ्नो स्वर्ण महोत्सवको अवसरमा चितवनमा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालालाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    बिद्यालयका प्रिन्सिपल पदम बराललगायतले सामुहिक रुपमा शुक्रबार सो रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरे। स्वर्ण महोत्सव समापन समारोहमा उपस्थित भएका फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई रकम हस्तान्तरण गरिएको हो। कट्टेलले विद्यालयबाट प्राप्त सहयोगका कारण रंगशाला निर्माणमा थप उत्साह थपिएको प्रतिक्रिया दिए। 

    कट्टेलले कार्यक्रममा बालबालिकालाई प्रेरित गर्नेगरी प्रस्तुती समेत दिएका थिए । प्रिन्सिपल बरालले आफ्ना माता लिलावती र पिता चुडामणीको सम्झनामा रजहरको देवचुली माध्यामिक विद्यालयमा अक्षयकोष समेत स्थापना गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]