खेलकुद

काठमाडौं म्याराथनको उपाधि नरेन्द्रलाई, कान्छीमायाको ह्याट्रिक

पुस ५, २०७६

    काठमाडौं : काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले जिएका छन्।

    शनिबार भएको १३औँ संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दूरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पूरा गरे। कोजुले २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पूरा गरिन्।

    म्याराथनको उपाधि जितेपछि रावलले आफ्नो पहिलो म्याराथन भएको पहिलो पटक नै उपाधि जित्दा खुसी लागेको बताए। म्याराथन कसरी कुद्ने भन्ने नै थाहा नभएको बताउँदै उनले भने, ‘जुत्ता पनि राम्रो थिएन्। अरूको १३, १४ हजारको जुत्ता हुन्छ मेरो ३ हजारको जुत्ता थियो।’ उनले म्याराथनको रुट भने राम्रो नभएको र भोलेन्टियरहरूलाई समेत रुटका विषयमा थाहा नभएको गुनासो गरे।

    एपिएफकी कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक गरेकी हुन्। उनले आफ्नो होम ग्राउण्ड भएकाले केही सजिलो भएपनि रुटमा अलमल भएको गुनासो गरिन्।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको म्याराथनमा आर्मीकै बेद बहादुर सुनार द्वतिय भए। उनले २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गरे। आर्मीकै ज्ञानप्रसाद भट्टराई २ घण्टा ३४ मिनेट ४५ सेकेण्डको समयसहित तेस्रो भए।

    महिलातर्फ आर्मी क्लबकी सरिता बासी दोस्रो भइन। उनले ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा पूरा गरिन्। त्यस्तै निर्जला ताम्राकार ३ घण्टा ४५ मिनेट ४७  सेकेण्डमा दूरी पार गर्दै तेस्रो भइन्।

    म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर थापाथली हुँदै कुपण्भडोल, पाटन गेट, चकुपट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर एयरपोर्ट, गौशाला, पशुपत, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली र सहिदगेट हुँदै त्रिपुरेश्वर रंगशालामा पुगेर सकिएको थियो। म्याराथन विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गर्नुभएको छ ।

    यसैगरि हाफ म्याराथनतर्फ आर्मीकै राजन रोकाया विजयी भए। उनले निर्धारित दूरी १ घन्टा १० मिनेट २६ सेकेन्डमा पूरा गरे। यसैगरि, आर्मीकै हरि कुमार रिमाल १ घन्टा ११ मिनेट १३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए। आर्मीकै रामजी बस्नेतले १ घन्टा ११ मिनेट २१ सेकेन्डसहित तेस्रो भए।

    महिलातर्फ आर्मीकै पूर्ण लक्ष्मी न्यौपानेले १ घन्टा २८ मिनेट ०३ सेकेन्डमा दूरी पार पहिलो भइन्। आर्मीकै सानुमाया कार्कीले १ घन्टा ३० मिनेट ०१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरिन्। नेपाल पुलिसकी रेखा विष्टले १ घन्टा ११ मिनेट ४० सेकेन्डसहित तेस्रो भइन्।

    हाफ म्याराथनतर्फको दुवै समूहतर्फका विजेताले समान २० हजार, दोस्रो हुनेले १३ र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गरे। यसैगरी, म्याराथन अन्तर्गतको ५ किलोमिटर दौडमा पुरुषतर्फ विभागीय नेपाल एपीएफ क्लबका अजित कुमार यादव र महिलामा आर्मीकी सरस्वती भट्टराई च्याम्पियन बनेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]