समाज

सल्यानका घरघरमा खानेपानी धारा पुगेपछि स्थानीय दंग

पुस ५, २०७६

    सल्यान : सल्यान शारदा नगरपालिका ८ मार्केमा लिफ्ट सिस्टममार्फत गाउँमा पानी पुगेपछि स्थानीय ढंग परेका छन्। बिहान उठ्ने वित्तिकै पानीको जोहो गर्न चिन्ताले सताउदै आएका स्थानीय घरभित्रै पानी आएपछि दंग परेका हुन्।

    मार्के काजिगाउँका खड्कबहादुर भण्डारी खानेपानी लिन टाढाको बाटो हिड्दा हिड्दा हैरान भएका थिए। लिफ्टमार्फत घरमा नै पानी आएपछि भने उनी निकै खुशी छन्। उनले भने, ‘अब सहज रुपमा खानेपानी खान पाइने आशा पलाएको छ।’ 

    शारदा नगरपालिकाले लिफ्टमार्फत खानेपानी योजना निमार्ण गरेपछि भण्डारी मात्र होइन काजीगाउँका ६५ घरधुरीका बासिन्दा निकै खुशी भएका छन्। गाउँमा खानेपानीको स्रोत नहुँदा यहाँका बासिन्दाले घण्टौको टाढाबाट पानी बोकेर खानुपर्ने बाध्यता थियो। स्थानीय भरत केसीले भने, ‘खानेपानीको निकै ठूलो समस्या थियो।

    गाउँमा पानी नहुँदा व्यक्तिगत सरसफाइदेखि एक जनाको पानी बोक्ने काम हुन्थ्यो। अब भने घरभित्रै पानी आएपछि खुशी छौं।’ मार्केको बाहुनपधेराबाट लिफ्टमार्फत पानी तानिएको छ। झण्डै एक किलोमिटर तल रहेको बाहुनपधेँराबाट काजीगाउँको डाँडोमा विद्युतमार्फत पानी तानिएको उनको भनाई छ। 

    जिन्दगीभर यही पानीकै लागि कहिल्यै सुत्न पाइएन अव भने बल्ल आनन्दको श्वास फेर्न पाइएको शान्तिमाया थापाले बताइन्। उनले भनिन्, ‘एक गाग्री पानी लिन कम्तिमा एक घण्टा समय खर्च हुन्थ्यो। तर अहिले त्यो समय पनि बचेको छ। सरसफाईमा पनि धेरै सजिलो भएको छ।’

    शारदा नगरपालिका सल्यानको ३२ लाख अनुदानमा योजना निर्माण गरिएको श्याम उदासले बताए। योजना सफल भएसँगै काजीगाउँका ६५ घरपरिवारले सहज रुपमा खानेपानीको उपभोग गर्न पाएका छन्। ‘एक घर एक धारा’ कार्यक्रम अनुसार काजीगाउँमा लिफ्ट सिस्टमबाट घर घरमा धारा वितरण गरिएको शारदा नगरापालिका प्रमुख सुरेश अधिकारीले बताए।

    स्थानीय आफैँले श्रम गरेर यति छिटो गाउँमा खानेपानी ल्याउन सफल भएको अधिकारीको भनाई छ। स्वच्छ खानेपानी प्राप्त गर्ने अधिकार सबै नगरबासीको रहेको भन्दै नगर प्रमुख अधिकारीले योजना साकार पार्ने दिशामा नगरपालिका अनवरत लागि रहेको धारणा राखे।

    पञ्चायतकालदेखि थन्किएको योजनालाई मुर्त रुपम दिन नगरले मात्र नभएर स्थानीय उपभोक्ताले पनि जाँगर देखाएको भन्दै नगरको चौतर्फी विकासका लागि हातेमालो आवश्यक रहेको स्पष्ट पारे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]