समाज

बाराका शीतलहर प्रभावित समुदायलाई दाउरा वितरण

पुस ५, २०७६

    बारा : तराईमा एकसातादेखि बढेको जाडो र शीतलहरबाट प्रभावित समुदायको लागि डिभिजन वन कार्यालय सिमरामामार्फत बाराका स्थानीय तहले दाउरा वितरण गरेका छन्। 

    अत्याधिक चिसो र शितलरह बढेपछि बाराका पालिकाले चिसोबाट बच्न  गरिब, विपन्न वर्गका लागि दाउरा वितरण गरेका हुन्। स्थानीय तहले डिभिजन वन कार्यालय सिमरामार्फत प्राप्त दाउरा गरिव विपन्न वर्गलाई वितरण गर्न र सार्वजनिक स्थलमा आगो बाल्नका लागि प्रयोग गर्ने गरेको वन कार्यालय सिमराले जनाएको छ। 

    ‘उहाँहरूले माग गर्नुभए जति दाउरा उपलब्ध गराउन नसके पनि तत्कालका लागि हामीले १ /१ चट्टा (३ ट्याक्टर) का दरले  दाउरा  वितरण गरेका छौं' डिभिजन वन कार्यालय सिमराका सहायक वन अधिकृत रामगणेश साहले भने, ‘पाँच चट्टासम्म उहाँहरूले माग गर्नुभएको छ। तर हामीले दाउराको भण्डारण हेरेर वितरण गरेका हौं |’

    वन कार्यालय सिमराले दाउराको माग लिएर आउने पालिकालाई फास्ट ट्रयाक निर्माणका क्रममा काटिएका कछ्डिया सामुदायिक वन, हलखोरिया साझेदारी र पथलैयास्थित गढीमाई साझेदारी वनबाट प्राप्त दाउरा वितरण गर्ने गरेको छ। 

    शुक्रबार साँझसम्म बाराको देवताल, आर्दश कोतवाल गाउँपालिका, महागढीमाई र  सिमौनगढ नगरपालिकाले  १/१ चट्टा दाउरा लगिसकेका छन् भने प्रसौनी, फेटा, पचरौता, सुर्वण गाउँपालिका र कोहल्वी नगरपालिकाबाट दाउराको लागि निवेदन आएको  डिभिजन वन कार्यालय सिमराले जनाएको छ। डिभिजन वन कार्यालयले प्रतिचट्टा भ्याट रकमसहित २३ हजार ११८ मा वितरण गरेको छ।'

    वन कार्यालय सिमराले गतवर्ष सामुदायिक र साझेदारी वनहरूबाट प्राप्त दाउरा स्थानीय तहहरूमा वितरण गरेका थिए। 

    ‘वन समितिहरूसँग प्राप्त भएको दाउराले नपुग भए  हामीले पर्सा राष्ट्रिय निकुञ्जसँग (पाइपलाइन विस्तारको क्रममा कटान भएका दाउरा)  थप २० चट्टा दाउरा हामीले माग गरेका छौं’ सहायक वन अधिकृत साहले भने, ‘माग हेरेर पालिकालाई पुन: विरतण गर्छौं।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]