विश्व

राजकुमार ह्यारी र मेगनको यस वर्षको क्रिसमस क्यानडामा

पुस ५, २०७६

    बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मार्केलले यस वर्षको क्रिसमस पर्व क्यानाडामा मनाउने भएका छन्।

    क्रिश्चियन धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व मानिने क्रिसमसको अवसरमा पर्व बिदा लिएर उनीहरू क्यानडा जान लागेका हुन्।

    सुरक्षाको कारण र निजी भ्रमण भएकाले उनीहरूको भ्रमणका बारेमा विस्तृत विवरण भने सार्वजनिक नगरिएको दरबार श्रोतले जनाएको छ। उनीहरूले यसलाई 'गोपनीयताको सम्मान' का रूपमा पनि व्याख्या गरेका छन्।

    उनीहरू यसअघि पनि बेला बेलामा क्यानाडा जाने गरेको र त्यसैको निरन्तरतास्वरूप यो भ्रमण हुन लागेको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]