खेलकुद

झापामा पुस १४ बाट प्रदेशस्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता

पुस ५, २०७६

    झापा: जिल्लाको झापा गाउँपालिका ६ शरणामतीमा प्रथम प्रदेश १ स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। झापा गाउँपालिकाको आयोजनामा आगामी पुस १४ गतेबाट १९ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो।

    प्रतियोगितामा झापाका १० गाउँपालिका सहित प्रदेश १ का २४ पालिकाको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बूले जानकारी दिए। प्रथम हुने टिमले नगद एक लाख एक हजार १११ सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा  उपविजेता टिमले ७१ हजार १११  प्राप्त गर्नेछ।

    तेस्रो र चौथो हुने टिमले क्रमश २१ हजार १११ र ११ हजार १११  पाउने छन्। प्रतियोगितामा उत्कृष्ट डिफेन्स, स्पाइकर, ब्लकर, सर्भर, लिफ्टरलाई क्रमश नगद पाँच हजारका दरले प्रदान गरिने सुरुङगामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

    सात लाख रुपैयाँ लाग्ने अनुमानका साथ आयोजित प्रतियोगिता संचालनका लागि झापा गाउँपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको छ। पत्रकार सम्मेलनमा झापा गाउँपालिका ६ का अध्यक्ष हरिप्रसाद बानिया, नेपाल भलिबल संघ  प्रदेश १ का सचिव लेखनाथ पराजुलीलगायतले खेलले खेल पर्यटन र स्थानीय खेलाडीको क्षमता बढाउने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]