काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा चाँडै प्राविधिक विश्वविद्यालय स्थापना हुन लागेको बताएका छन्।
नेपाल तराई इन्जिनियर्स एशोसिएशनले जनकपुरमा शनिबार आयोजना गरेको प्रदेश २ मा इन्जिनियरिङ्ग कलेजको आवश्यकता विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउत प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढिसकेको बताए। उनले भने, ‘प्राविधिक विश्व विद्यालय स्थापनाको लागि गृहकार्य अन्तिम चरणमा पुगिसकेको छ। यसै महिना विधेयक संसदमा प्रस्तुत गर्छौ।’
उनले केन्द्र सरकारको गिद्धे दृष्टिका कारण प्रदेश २ को शैक्षिक विरासतमा ह्रास आएको टिप्पणी समेत गरे। उनले पुरानो गरिमालाई पुनः स्थापित गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह पनि गरे।
प्रदेश २ लाई प्राविधिक शिक्षाको 'हव' बनाउने प्रदेश सरकारको घोषणा अनुरुप प्राविधिक शिक्षा विधेयक छलफलको क्रममा रहेको उनको भनाई छ। उनले सदनमा विधेयक पारित भएलगतै ‘एक पालिका, एक प्राविधिक विद्यालय’ स्थापनाको काम प्रारम्भ हुने पनि बताएका छन्।
शिक्षा नै विकासको पहिलो खुडकिलो रहेको बताउँदै उनले प्रदेश सरकार शिक्षामा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको स्पष्ट पारे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।