समाज : सुरक्षा/अपराध

एकान्तकुनास्थित यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ

फाइल फोटो
पुस ५, २०७६

    ललितपुर : ललितपुर महागनरपालिका-१३ एकान्तकुनास्थित यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ परेका छन्। बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजीव राईसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    बिचौलियाको काम गरिरहेको अवस्थामा महानगरीय वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]