काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
चितवन : चितवनको भरतपुर महानगरपालिका १९ मा रहेको सारदानगर स्वास्थ्य चौकीले अब एम्बुलेन्स सेवा पनि दिने भएको छ। दाताहरुले नयाँ एम्बुलेन्स सहयोग गरेपछि विगत ३ वर्षदेखि रोकिएको एम्बुलेन्स सेवा पुनः सुरु भएको हो।
चितवन समाज हङकङ र नेपाल रेडक्रस शारदानगर उपशाखाको संयुक्त लगानीमा खरिद गरीएको एम्बुलेन्स शनिबार एक कार्यक्रम गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ। समाजको ६० प्रतिशत र रेडक्रसको ४० प्रतिशतमा १८ लाख रुपैयाँ बराबरको सुविधा सम्पन्न एम्बुलेन्स सहयोग गरिएको समाजका अध्यक्ष ओमराज गुरुङले बताए।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र समाजका अध्यक्ष गुरुङले संयुक्त रुपमा एम्बुलेन्स हस्तान्तरण गरेका थिए। चितवन समाज हङकङका पदाधिकारी र सदस्यबाट सहयोग उठाउनुका साथै विभिन्न कार्यक्रमबाट संकलन भएको रकम एम्बुलेन्सका लागी सहयोग गरीएको समाजले जनाएको छ।
चितवनबाट हङकङमा गएर बसोबास गर्ने नेपालीको समाजमा १५० जना सक्रिय सदस्य रहेका छन्। समाजले यसअघि पनि २ वर्ष अघि माडी कल्याणपुरमा एम्बुलेन्स सहयोग गरेको थियो। २०७२ सालको भूकम्प पीडितलाई तीन लाख बराबरको जस्तापाता सहयोग गरेको थियो। यस्तै चेपाङ लगायत विभिन्न सिमान्तकृत समुदाय र अशक्त व्यक्तिलाई पनि सहयोग गर्दैआएको चितवन हङकङ सम्पर्क समाजका सचिव विष्णु ढकालले बताए।
ख वर्गको उक्त एम्बुलेन्स रेडक्रस शारदानगर उपशाखाले सञ्चालन गर्ने रेडक्रसका सभापति बसन्तकुमार पौडेलले बताए। एम्बुलेन्सले चौवीसै घण्टा सेवा दिनेछ भने गरिव, अशक्त, अपांगता भएका व्यक्तिलाई निशुल्क सेवा दिने गरी तयारी भइरहेको उनले बताए।
६ विघा क्षेत्रफलमा रहेको स्वास्थ्य चौकीमा अहिले चौवीसै घण्टा प्रसूति सेवा तथा ल्याव सञ्चालनमा रहेको स्वास्थ्यचौकी प्रमुख डा बद्रीप्रसाद खकुरेलले बताए।दैनिक ४० जना भन्दा धेरैले सेवा लिने गरेका छन्। यस स्वास्थ्य चौकीलाई २ वर्ष अघिदेखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने पहल पनि भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।