राजनीति

सिटौलाले भने, ‘भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल आवश्यक छ’

पुस ५, २०७६

    भद्रपुर : झापाको भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। 

    भ्रमण वर्ष २०२० सँगै नेपाल–भारत बिचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजकमा वडा स्तरीय ‘बिच’ भलिबल प्रतियोगिता सुरु भएको हो। 

    पुस ७ गतेसम्म सञ्चालन हुने तीन दिवसीय प्रतियोगिताको एक समारोहकाबीच नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गरेका थिए। नेता सिटौलाले बिरुवामा पानी हाल्नुका साथै रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्। 

    भारतले नेपाली भूमि अतिक्रमण गरेको विषय उठिरहँदा मेची नदीको सीमाबाटै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘पूर्वी नेपालको सीमामा पर्ने मेची नदीको बालुवामा भलिबल प्रतियोगिता गरेर भद्रपुरको ५ नम्बर वडाले सिंगो नेपाललाई बिउँझाउने काम गरेको छ अहिलेको सन्दर्भमा।' 

    भौगोलिक अखण्डता असंशोधनीय रहेको बताउँदै नेता सिटौलाले भने, ‘संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन। भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो।’ ‘अहिले पश्चिममा कालापानी, लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि भारतले मिचेको विषय चर्चाको शिखरमा छ’, उनले भने, ‘हामीले सरकारलाई भनेका छौं। मित्र राष्ट्र भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गरेर समाधान गरियोस्।’

    ‘यो हल्ला गरेर भन्दा पनि दुई देश बीचमा राजनीतिक र कूटनीतिक पहल गरेर सीमा विवादको विषय समाधान गर्न सरकारलाई कांग्रेसले सुझाव दिइसकेको छ’, उनले भने, ‘प्रधानमन्त्री जीले बोलाउनु भएको सर्वदलीय बैठकमा कांग्रेस यी सुझाव राखेको हो। बैठकमा सरकारले गर्छु भनेको छ। तर के गरेको छ, हामीलाई जानकारी प्राप्त भएको छैन।’

    वडा अध्यक्ष बन्धु कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा यसवर्ष भद्रपुरका दुई जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ। सम्मानित हुने समाचार साप्ताहिक तथा नागरिक एफएमका सम्पादक गोपाल गिरी र स्वाधीन संवाद साप्ताहिकका सम्पादक तथा रेडियो भिजनका कार्यक्रम संयोजक माधव विद्रोहीलाई नगदसहित सम्मान पत्रले सम्मान गरेका हुन्।

    उद्घाटन कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ, भद्रपुर ७ नम्बर वडा अध्यक्ष विनोद पोखरेल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, पूर्व मेयर भारतेन्दुकुमार मल्लिक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वडा सदस्य लता कार्की र वडा सचिव हिरण्य न्यौपानेको पनि उपस्थिति रहेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]