समाज

विपन्‍न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण

पुस ५, २०७६

    संखुवासभा : संखुवासभाको मादी नगरपालिका आर्थिक अवस्था कमजोर भएका विपन्‍न १७० घर परिवारलाई निशुल्क विद्युत मिटर वितरण गरिएको छ।

    नेपाल विद्युत प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत गत बर्षबाट विपन्न वर्गलाई निशुल्क मिटर जडान कार्यक्रम सुरु गरेको थियो। नेपाल विद्युत प्राधिकरणले  मादी नगरपालिकाका १७० घर परिवारलाई निशुल्क विद्युत मिटर वितरण गरेको मादी शाखाका प्रमुख प्रमोदकुमार पास्वानले जानकारी दिए।

    नेपाल विद्युत प्राधिकरण मादी नगरभरिका दलित तथा विपन्न वर्गलाई निशुल्क विद्युत मिटर वितरण गरेको शाखाका प्रमुख पास्वानले बताए। दलित तथा विपन्न वर्गलाई समते विद्युत सेवाको पहुँचमा ल्याउन विद्युत मिटर वितरण गरेको शाखाले जनाएको छ।

    नगरभित्र १७० घरपरिवारलाई जडान शुल्क समेत निशुल्क गरेको शाखा कार्यालय मादीले जनाएको छ। विद्युतको मिटर खदिद र जडान शुल्क तीन हजारदेखि चार हजार रुपैयाँसम्म लाग्ने गरेको छ। सो बराबरको लागत विपन्न वर्गले जुटाउन नसक्दा विद्युतबाट वञ्चित हुनु परेको थियो।

    विद्युत जडान भएपछि विपन्न परिवारमा विजुलीको उँज्यालोमा काम गर्न, छोराछोरीलाई पढ्न र सञ्चार सेवामा पहुँच पुगेको स्थानीय मनबहादुर तामाङले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]