काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
सल्यान : बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलमा रहेको प्रभाकर माध्यमिक विद्यालयमा ज्ञान महायज्ञमा ३१ लाख बढी दान संकलन भएको छ।
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि मंसिर २५ गतेदेखि सञ्चालन भएको श्रीमदभागवत सप्ताह धानधान्याचल ज्ञान महायज्ञबाट ३१ लाख ५ हजार ४ सय १ रुपैयाँ दान संकलन भएको हो।
ज्ञान महायज्ञमा नगद दान भन्दा वाक दान बढी भएको आयोजकले जनाएको छ। सप्ताहमा ११ लाख मात्र नगद संकलन भएको छ भने वाक र जिन्सी गरी २० लाख रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ सञ्चालन समितिका संयोजक गञ्जमान बुढाले बताए।
प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूल मन्त्रलाई मध्यनजर गर्दै देवस्थललाई प्राविधिक शिक्षाको हव निर्माणका लागि महायज्ञ सञ्चालन गरिएको प्रध्यानाध्यापक शिखरकुमार यरीले बताए।
महायज्ञमा नेपालका ख्यातीप्राप्त पण्डितद्वय रामचन्द्र तिमिल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमिल्सिनाले प्रवचन गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।