राजनीति

सचिवालय सदस्यबारे नेकपा स्थायी कमिटीमा विवाद

भीम रावलको प्रश्‍न : सचिवालय सदस्य बन्‍न कति योग्यता चाहिन्छ?

फाइल फोटो
पुस ५, २०७६

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय सदस्यको विषयमा स्थायी कमिटीको बैठकमा विवाद भएको छ।

    स्थायी कमिटी बैठकमा नेकपाको स्थायी कमिटी सदस्यद्वय अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले महिला नभएको गुनासो गरेसँगै सचिवालयको सदस्यको विषयमा नेकपा नेताहरू असतुष्टि जनाएक हुन्।

    उनीहरूले नेकपाको केन्द्रीय तहदेखि तल्लो तहसम्म महिला उपाध्यक्ष हुनुपर्ने माग गरेका थिए। तर, उनीहरूको माग तत्कालै पूरा नहुने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रिया दिएका छन्।

    शनिबार स्थायी कमिटी बैठकमा नेताहरूले गरेको राजनीतिक प्रतिवेदन र अन्य पार्टीको विषयमा उठेको सवालको विषयमा उनले तल्लो तहसम्म तत्कालै महिला उपाध्यक्ष राख्‍न सकिने अवस्था नरहेको प्रष्टाएका छन्।

    उनीहरूले सचिवालय विस्तार गरेर १५ जनाको बनाउन मागसमेत भएको छ। यसैबीच नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले सचिवालय सदस्य हुन कस्तो मापदण्ड हुनुपर्छ भन्‍ने प्रश्‍न गरेका छन्।

    स्थायी कमिटीको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, 'सचिवालयको विषयमा पनि धेरै कुरा उठेको छ। त्यसको बारेमा भोलि अध्यक्षले जानकारी गराउँनुहुन्छ होला।'

    'तर, सचिवालय सदस्य हुन कति, कस्तो मापदण्ड चाहिने रहेछ?' उनले प्रश्‍न गरे।

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]