खेलकुद

भेट्रान्सको उपाधी पोखरालाई

पुस ५, २०७६

    हेटौँडा : पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट 'ए' साइड फुटबल प्रतियोगिताको उपाधी बगरभाइखलक पोखराले हात पारेको छ। शनिबार हेटौँडाको लोकतान्त्रिक चौर हुप्राचौरमा सम्पन्न फाइनल खेलमा बानेश्वर फुटबल टिमलाई २–० गोलको अन्तरमा पछाडि पार्दै बगरभाइ खलक पोखरा विजयी भएको हो।

    बगरभाइका तर्फबाट खेलको ७ औँ मिनेटमा राजकुमार तामाङले गोल गर्दै टिमलाई अग्रता बनाएका थिए, भने खेलको दोश्रो हाफको ४९औँ मिनेटमा क्यापटेन ईश्वर गुरुङले थप गोल गर्दै टिमलाई विजयी बनाएका थिए।

    २५–२५ मिनेट खेलाइएको खेलमा बानेश्वर फुटबल टिमका तर्फबाट गोल गर्ने धेरै अवसर प्राप्त गरे पनि गोल गर्नबाट चुकेपछि बानेश्वर फुटबल टिम पाँचौँ हेटौँडा भेट्रान्स कपको च्याम्पियनसिप बन्ने सपनाबाट पछाडि परेको थियो। खेलमा प्रथम हुने बगरभाइ खलक पोखराले नगद १ लाख १ हजारसहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने बानेश्वर फुटबल टिमले नगद ५० हजारसहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ।

    यस्तै खेलमा उत्कृष्ट फरवर्ड खेलाडीका रूपमा बगरभाइ खलकका राजकुमार तामाङ, बेष्ट डिफेन्सको उपाधी बानेश्वर फुटबल टिमका विश्व बैराग समाल, बेष्ट मिड फिल्डर हरिहर झलक, बेष्ट किपरको उपाधी बगरभाइ खलकका किपर लक्ष्मण तामाङ घोषित भएका थिए भने उनीहरू चारैजनाले नगद ५ हजारसहित ट्रर्फी प्राप्त गरेका थिए।

    यस्तै, खेलको उत्कृष्ट खेलाडी बगरभाइ खलकका क्यापटेन ईश्वर गुरुङ घोषित भएका थिए उनल नगद १० हजारसहित ट्रर्फी प्राप्त गरेका थिए। विजेता र उपविजेता टिमका खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पुरुस्कार प्रदान गरेका थिए।

    पुरुस्कार प्रदान गर्दै प्रमुख अतिथि महतले गत वर्षभन्दा व्यवस्थित, भव्य र सव्यरूपमा पाँचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट 'ए' साइड फुटबल प्रतियोगिता सम्पन्‍न गरेकोमा बधाई र धन्यबाद दिँदै आगामी दिनमा हेटौँडा उपमहानगरपालिका हातेमालो गर्न तयार रहेको बताए।

    गत पौष २ गतेदेखी हेटौडाको लोकतान्त्रिक चौर हुप्राचौरमा आयोजना भएको खेलमा ४० वर्षमाथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीसहित १६ टिमको सहभागिता रहेको थियो। समापना समारोह हेटौँडा भेट्रान्सका अध्यक्ष दीपकराज बज्रचार्यको सभाअध्यक्षतामा सम्पन्न भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]