समाज

अवैध मरिचसहितको ट्रक प्रहरीले भन्सार बुझायो

पुस ५, २०७६

    पर्सा : पर्सा प्रहरीले १२० बोरा मरिचसहितको ट्रक नियन्त्रणमा लिएर वीरगन्ज भंसारमा बुझाएको छ। अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्न लागिरहेको समयमा पर्सा प्रहरीले उक्त परिणामको मरिच नियन्त्रणमा लिएर वीरगन्ज भन्सार बुझाएको हो। 

    ना.२ ख ९८०२ नम्बरको ट्रकमा मरिच लोड गरी लोड गरी वीरगन्जबाट भारततर्फ लैजाँदै गरेको समयमा वीरगन्ज महानगरपालिका १६ इनर्वाबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

    प्रहरीलाई प्राप्त सूक्ष्म सूचनाअनुसार प्रहरी टोली सो क्षेत्रमा पुग्दा प्रहरीलाई देखेर चालक ट्रकसमेत त्यही छोडी फरार भएपछि प्रहरीले चेकजाँच गर्दा सोही ट्रकमा १२० बोरा मरिच फेला पारेकोले नियन्त्रणमा लिई भन्सारमा बुझाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। 

    व्यवसायीले भने भन्सार नजिक इनर्वाबाट नभई आदर्शनगरबाट प्रहरीले वैध मरिच नै पक्राउ गरी भन्सारमा बुझाएको दावी गरेका छन्। तर प्रहरी भने यो कुरा मान्न तयार छैन। आफू तल परेपछि व्यवसायीले प्रहरीमाथि आरोप लगाउनु स्वाभाविक हो। वास्तविकता त लुक्दैन नि प्रहरी उपरीक्षक राठौरले भने। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]