समाज

मोटरसाइकल चोरी गर्ने औजारसहित चारजना पक्राउ

पुस ५, २०७६

    पर्सा : मोटरसाइकल चोरी गर्दा प्रयोग गर्ने औजारसहित बाराका चारजना युवा पर्सामा पक्राउ परेका छन्। बाराको कोल्बी नगरपालिकाका २ र करहियामाई गाउँपालिका २ युवा मोटरसाइकल चोरी गर्दा प्रयोग गर्ने औजारसहित पर्सामा पक्राउ परेका हुन्। 

    मोटरसाइकलको लक फुटाउने माष्टर साँचो र चालु गर्न प्रयोग गरिने स्वीचसहित उनीहरू वीरगन्ज महानगरपालिका १५ बाट पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका युवासँग मोटरसाइकल चोरी गर्दा लक फुटाउन प्रयोग गर्ने माष्टर साँचो १ थान र स्टार्ट गर्दा प्रयोग गर्ने स्वीच २ थान बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।  

    पक्राउ परेका युवामा बाराको कोल्बी ६ सखुवाहाका २३ वर्षीय देवराज चौधरी र कोल्बी नगरपालिका ५ का १८ वर्षीय आशा चौधरी चौधरी रहेका छन्। त्यसै गरी बाराकै करहियामाई गाउँपालिका ५ ठोरिहाइका २० वर्षीय राकेश चौधरी र २० वर्षकै दिपक चौधरी रहेको पर्साका प्रहरी उपरीक्षक राठौरले बताए। 

    केही समययता वीरगन्ज महानगरपालिकालगायतका क्षेत्रमा मोटरसाइकल हराउन थालेको सूचना प्रहरीमा आएपछि पर्सा प्रहरी सूक्ष्म रुपले चोरको खोजीमा लागिरहेको थियो। यही समयमा मोटरसाइकल चोरी गर्दा प्रयोग गर्ने औजारसहित वीरगन्ज महानगरपालिका १५ प्रतिमा चोकबाट चारजना अभियुक्तहरू औजारसहित फेला परे।

    पक्राउ परेका चारैजना अभियुक्तसँग थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक राठौरले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]