अर्थ

किसानको जिज्ञासा मेटाउँदै कृषकसँग जेटिए भित्ते पत्रिका

पुस ५, २०७६

    सल्यान : जिल्लाको दार्मा गाउँपालिकाले भित्ते पत्रिकामार्फत किसानका जिज्ञासा समाधान गर्ने गरेको छ। कृषि प्राविधिकले किसानको समस्या समाधान गर्न नसकेको आरोप लागि रहेको समयमा कृषि शाखाले कृषकसँग जेटिए भित्ते पत्रिका प्रकाशन गरेको हो। 

    भित्ते पत्रिकामा कृषकले गर्नुपर्ने कार्य, प्रेरणादायी कथा, समाचार, कृषि शाखामा आएको बजेटको आम्दानी र खर्च विवरण समावेश गरिएको छ। मासिक रुपमा प्रकाशन हुने भित्ते पत्रिकाले कृषि क्षेत्रमा भएका क्रियाकलाप र खेती प्रविधिका बारेमा किसानलाई जानकारी गराउने गरेको कृषि प्राविधिक नेत्र घर्तीले बताए। 

    मंसिर ५ प्रकाशन सुरु भएको भित्ते पत्रिकामा  सम्पादकीय, कृषि खेती प्रविधि, सन्देशमूलक चुट्किला, कृषिको बजेटलगायतमा सामग्री समेटिएको घर्तीले जानकारी दिए। उनका अनुसार मासिक रुपमा प्रकाशित हुने यो पत्रिकामा प्रत्येक महिना कृषिसँग सम्वन्धित भएर कृषकले गर्नुपर्ने कार्य, प्रेरणादायी कथा, समाचार आदि सामग्री राखिएका छन्।

    गाउँपालिकामा सेवा लिन आएका सेवाग्राहीले भित्ते पत्रिकामार्फत कृषि क्षेत्रमा भएका क्रियाकलाप र खेती प्रविधि आदि विषयमा शिक्षा पाउने गाउँपालिका अध्यक्ष निमवहादुर केसीले वताए। उनका अनुसार कृषि शाखाको सक्रियतामा प्रकाशित पत्रिका ज्ञानबर्द्धक रहेको छ। कृषि क्षेत्रमा भएको खर्च, कार्यक्रम सञ्चालन भएको ठाउँ, लाभान्वित कृषक, सफल कृषकका कथा र कृषक कै रचना समेत पढ्न सकिन्छ।

    आफूले भित्ते पत्रिकामा गाउँपालिका कृषि क्षेत्रमा गरिएको खर्च विवरण, कृषकले पाएको सेवा सुविधा आदिबारे जानकारी पाएको दार्मा गाउँपालिका ३ का नारायण केसीले बताए। धेरै कार्यालयले के काम कसरी गरिरहेका छन् भन्ने कोही कसैलाई जानकारी नभई रहेको अवस्थामा कृषि शाखाले आफूले गरेका क्रियाकलाप सार्वजनिक गर्नु निकै सह्रानीय कार्य भएको उनको भनाई छ। 

    दार्मा गाउँपालिका १ का प्रकाश शर्माले भित्ते पत्रिकाले खेती प्रविधि र कृषि क्षेत्रमा गाउँपालिकामा भएका विभिन्न प्रेरणादायी कामको शुरु भएको वताए। उनले भने ‘पत्रिकाले समेटेको विषय ज्ञानवर्द्धक रहेको छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]