छापा

लोकसेवामा प्रश्नपत्र आउट गर्नेलाई तीन वर्ष र चिट चोर्नेलाई दुई  वर्ष प्रतिबन्ध

पुस ६, २०७६

    काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले लिने परीक्षामा अनियमितता गर्नेलाई कारबाहीको व्यवस्था राख्न सहमति जुटाएको छ।

    गत शुक्रबार बसेको समिति बैठकमा सांसदहरूले लोकसेवा आयोग विधेयकबारे छलफल गर्दै दण्ड सजायको व्यवस्था तोक्ने विषयमा धारणा राखेका थिए।

    लोकसेवा आयोगसम्बन्धी परीक्षा उल्लंघन गर्नेलाई दुई, तीन र चार वर्षसम्म आयोग परीक्षामा सामेल हुन नपाउने सहमति जुटेको हो भन्ने खबरनयाँ पत्रिका दैनिकमा छ।

    परीक्षा केन्द्रमा चिट चोर्ने वा चोराउने, अर्काको नक्कल गर्ने वा गराउनेलाई दुई वर्षसम्म परीक्षामा सामेल हुन नदिने प्रावधान राखिएको छ।  प्रश्नपत्र आउट गर्नेहरूले भने तीन वर्षसम्म जाँच दिन पाउने छैनन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]