काठमाडौँ : लोकेश बमले धुवाँधार ब्याटिङ गर्दै शतक प्रहार गरे पनि नेपाल ए लाई तीन टी–२० खेलको शृंखलाअन्तर्गत आज (शुक्रवार) भएको पहिलो ...
काठमाडौं : फ्रेन्च लिग वानअन्तर्गत गएराती भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एमेइन्सलाई ४–१ गोलअन्तरले पराजित गरेको छ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीका लागि केलियन एम्बाप्पेले दुई तथा नेयमार र इकार्डीले एक/एक गोल गरे। एमेइन्सका लागि स्टेभिन मेन्डोजाले एकमात्र सान्त्वना गोल फर्काए।
खेलको १०औं मिनेटमै एमबाप्पेले नेयमारको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। ४७औं मिनेटमा इकार्डीको पासमा नेयमार तथा ६५औं मिनेटमा एन्जल डी मारियाको पासमा एमबाप्पेले अर्को गोल गरे।
७०औं मिनेटमा एमेइन्सका लागि स्टिभिनले गोल गरेपनि ८४औं मिनेटमा इकार्डीले पीएसजीको गोलसंख्या चार पुर्याए।
पछिल्लो जितसँगै पीएसजीले १८ खेलबाट ४५ अंक पुर्याएको छ। पराजित एमेइन्सले भने १८ खेलबाट जम्मा १७ अंक जोडेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।