काठमाडौँ : वासु शशी स्मृति परिषद्ले ३ जना स्रष्टालाई पुरस्कृत गरेको छ। काठमाडौँमा आज (मंगलवार) गीतकार किरण खरेल, साहित्यकार प्रतिसरा सायमी ...
काठमाडौं : साहित्य सन्ध्याको ४०२ औं शृङ्खलामा ‘उत्पादन, उत्पादन शक्ति, मूल्य अभिवृद्धि र वितरण प्रणालीमा मार्क्सवादी दृष्टिकोण’बारे चर्चा भयो।
प्रत्येक महिनाको पहिलो शनिबार आयोजना हुँदै आएको शृङ्खलाको ४०२औं भाग पुस ५ मा शनिबार काठमाडौंमा सम्पन्न भएको हो। कार्यक्रममा वरिष्ठ आर्थिक विश्लेषक डा. विजय पौडेलले मार्क्सवादी अर्थशास्त्रले बाँच्नका लागि उत्पादन गर्नुपर्छ भन्ने सिकाएको उल्लेख गरे। यस्तै, एङ्गेल्सले पनि बाँदरबाट मानिस बन्नमा श्रमले भूमिका खेलेको प्रष्ट्याए।
डा. पौडेलले मान्छेका दुःख, पीडा, आँसु, हाँसो आदि सबै उत्पादनसँग जोडिने उल्लेख गर्दै उत्पादनका सम्बन्धका आधारमा मान्छेमा समानता, दास र मालिकको सम्बन्ध, सामन्ती उत्पादन, पुँजीवादी उत्पादन र समाजवादी उत्पादनको युगका आधारमा पहिचान गर्न सकिने बताए ।
गोष्ठीमा सानु पहाडी, गोविन्दप्रसाद आचार्य, कुमार नेपाल, पदम मुनारी बाहिङ, कमल मिश्र, सुमी लोहनी, डम्बर पहाडी, दुर्गा रिमाल, बाबुराम खनाल, सम्पत काफ्ले, रूपक अलङ्कार, मुकुन्द न्यौपाने, बेनीबहादुर थापा, नन्दु उप्रेती, रश्मि रिमाल, डा. खेम दाहाल, सीताराम नेपाल, अनिता लामा, भावना न्यौपाने, नारायण निरासी, रह शर्मा, विधान आचार्य, जनार्दन धडकन, स्नेह सायमी र रमेश पोखरेलले आआफ्ना कविता, गीत, गजल, हाइकु वाचन गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।