राजनीति

नेकपा स्थायी कमिटी बैठक आज सकिँदै

पुस ६, २०७६

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। 

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बोलाइएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरिने भएको छ। 

    राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव छलफलका आधारमा आज पारित गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। गत आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमा नेताहरुले आफ्ना सुझावहरु राखेका थिए। 

    हिजोको बैठकमा नेताहरुले अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाका विषयमा प्रश्न राखेका थिए। एमसीसी अमेरिकी इन्डोप्यासिफिक रणनीतिकै अंग हो वा होइन भन्नेबारे स्थायी कमिटीमा शुरुदेखि नै कुरा उठ्दै आएको छ। यसबारे अध्यक्ष प्रचण्डले अमेरिकासँग बुझेर स्पष्ट पारिने बताएका छन्। यसैबीच हिजोको बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको छ।

    बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो।  पार्टीको विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव हिजै पारित भए पनि आजमात्रै घोषणा गरिने भएको छ। त्यस्तै बैठकले केन्द्रीय समिति बैठक पुस २० गतेका लागि बाेलाएकाे छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]