विश्व

धर्मको निन्दा गरेको भन्दै विश्वविद्यालयका शिक्षकलाई मृत्युदण्डको सजाय

मृत्युदण्ड सुनाइएका हफिज
पुस ६, २०७६

    पाकिस्तानको एक विश्वविद्यालयका शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ।  अमेरिकामा पढेका जुनैद हफिजलाई पैगम्बर मोहम्मदको सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरू लेखेको आरोपमा सन् २०१३ को मार्च महिनामा पक्राउ गरिएको थियो।

    अमेरिकामा अध्ययनपश्चात पाकिस्तान फर्किएका हफिजले बहाउद्दिन जकारिया युनिभर्सिटीमा पढाइरहेका थिए र त्यहाँबाटै उनी पक्राउ परेका थिए।

    अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हासिल गरेका ३३ वर्षीय हफिजले फूलब्राइट छात्रवृत्ति अन्तर्गत अमेरिकामा स्नातकोत्तरको पढेका थिए।
     उनको  मुद्दा लड्न सहमत भएका वकिल रसिद रेहान सन् २०१४ मा मारिएका थिए। धर्मनिन्दा गरेको भन्दै अहिलेसम्म पाकिस्तानमा ४० जनालाई मृत्युदण्ड सुनाइएको छ। ती कसैको पनि सजाय कार्यान्वयन भने गरिएको छैन।

    एमनेस्टी इन्टरनेशनलले भने  फैसलाबाट आश्चर्यचकित भएको भन्दै उक्त फैसला अन्यायपूर्ण भएको जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]