विश्व

'भारतले पाकिस्तानमा आक्रमण गर्ने खतरा छ'–इमरान खान

पुस ६, २०७६

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घरेलु तनावलाई विषयान्तर गर्न भारतले द्विदेशीय तनाव निम्त्याउन खोजेको आरोप लगाएका छन्। 

    नागरिकता संशोधन विधेयक (क्याब) को देशव्यापी विरोध भएपछि अहिले भारतमा नरेन्द्र मोदीको सरकार रक्षात्मक अवस्थामा पुगेको छ। यो विरोधलाई उग्र राष्ट्रवादी रुझानमा बदल्न भारतले पाकिस्तानविरुद्ध कुनै न कुनै आक्रमण गर्न लागेको इमरानले बताएका हुन्। 

    हिन्दु राष्ट्रवादलाई उछाल्दै युद्ध उन्माद बढाउने काम भारतले गरिरहेको र आफ्नो भूमीमाथि आक्रमण गरे भारतको कडा प्रतिरोध गरिने खानको भनाई छ। इन्टरनेट सञ्जाल ट्वीटरमा इमरानले लेखेका छन्–'भारतले अहिले पनि सबै जम्मु–कश्मीरका नागरिकलाई कैद गरेर राखेको छ, यहाँ लगाइएको प्रतिबन्ध हट्दा नरसंहारका घटनाहरु बाहिर आउन सक्छन्। भारतमा प्रदर्शन बढिरहँदा पाकिस्तामाथि भारतीय खतरा पनि बढिरहेको हुन्छ, भारतीय सेनाप्रमुखको वयानले हाम्रो चिन्तालाई झनै बढाएको छ।' 

    अर्को ट्वीटमा खानले मोदी सरकारको नेतृत्वमा पछिल्लो पाँच बर्षयता भारत हिन्दुराष्ट्र बन्ने बाटोमा गइरहेको तथा यसमा हिन्दू श्रेष्ठता र फासीवादी विचारधारा मिसिएको टिप्पणी गरेका छन्। 

    नागरिक संशोधन विधेयकका विरुद्ध लाखौं भारतीय सडकमा रहेको र उनीहरुले भारतको विविधता कायम राखिराख्न कोशिस गरेको पनि खानले ट्वीटमा उल्लेख गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]