समाज

शीतलहर बढेपछि मध्यतराईका विद्यालय धमाधम बन्द

पुस ६, २०७६

    पर्सा : शीतलहरका कारण चिसो बढ्दै गएपछि मध्यतराईका जिल्लाहरूमा धमाधम विद्यालय बन्द गर्न थालिएको छ। पर्साका विभिन्न गाउँपालिकाले आइतबारदेखि आफ्नो क्षेत्रका विद्यालयहरू बन्द गरेका छन्।

    चिसोले कठ्याङ्ग्रिएर अध्ययन/अध्यापन नै प्रभावित भएपछि सप्तरीमा पनि विद्यालय बन्द गरिएको छ। पुस लागेसँगै सक्रिय भएको पश्चिमी वायुका कारण मध्यतराईमा यतिखेर शीतलहर फैलिएको छ।

    शीतलहरका कारण बढेको चिसोले विद्यालय जाने उमेर समूहका बालबालिकाहरु बढि प्रभावित भएका छन्। बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न नदिन करिब एकसातासम्मका लागि गाउँपालिकाभित्रका विद्यालय बन्द गर्न लागिएको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार बर्खे बिदामा कट्टा हुनेगरी अहिलेको चिसोमा विद्यार्थीलाई छुट्टी दिइएको हो। 

    पर्साको विन्दवासिनी, सखुवाप्रसौनी र जगरनाथपुर गाउँपालिकाले आगामी शुक्रबारसम्मका लागि आफ्नो क्षेत्रका विद्यालयहरु बन्द गरेका छन्। मौसम निकै खराब भएपछि एक हप्ताका लागि विद्यालय बन्द गरेको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले जानकारी दिए। गाउँपालिकाले विपन्न बस्ती र मानिसको बढी आवागमन हुने ठाउँमा आज (आइतबार) देखि दाउरा व्यवस्था गरी आगो बाल्दैछ।

    स्थानीय पालिकाहरुले धमाधम विद्यालय बन्द गर्न थाले पनि साविकका जिल्ला शिक्षा कार्यालयहरूलाई भने जानकारी गराएका छैनन्। पर्साका शिक्षा विकास तथा सवन्मय ईकाइ प्रमुख फत्त श्रेष्ठ यसबारे गाउँपालिकाले कुनै समन्वय नगरेको बताए।

    अत्याधिक चिसोबाट मानिसलाई जोगाउन वीरगन्ज महानगरपालिका लगायतका स्थानीय पालिकाहरुमा न्यानो कपडा र दाउरा वितरण थालिएको पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए। यसका लागि प्रशासनले विभिन्न संघसंस्था र पालिकाहरुसँग समन्वय गरिरहेको छ।

तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]