पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
दैलेख : पार्टीविरुद्ध सुराकी र भ्रष्टाचार गरेकाले दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई नियन्त्रणमा लिएको दाबी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको छ।
शनिबार राति अध्यक्ष शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको दाबी विप्लव नेतृत्वको नेकपाले गरेको हो। अध्यक्ष शाहीलाई पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा अनियमितता गरेकाले नियन्त्रण लिइएको पार्टी स्रोतले बताएको छ।
अध्यक्ष शाहीलाई नियन्त्रणमा लिन जाँदा उनकी श्रीमती सँगै हिँडेकी बताइएको छ। उनलाई विप्लवका कार्यकर्ताले बाटोमा नै छोडिदिएको नेकपा दैलेख जनाएको छ।
'हामीले शाहीको श्रीमतीलाई नियन्त्रणमा लिएको होइन, उहाँ नै श्रीमानसँग जान्छु भनेर जबर्जस्ती हिड्नु भएको हो। उहाँलाई बाटोमा नै छोडी सकिएको छ,’ विप्लवका एक नेताले भने।
जिल्ला प्रहरी कार्यालय दैलेखले अध्यक्ष शाहीको खोजीका लागि विशेष टोली परिचालन गरिसकेको छ। अध्यक्ष शाहीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको विप्लवका एक नेताले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।