समाज

पोखरा सडक महोत्सव : सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ

पुस ६, २०७६

    काठमाडौँ : ‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पुस १२ देखि १६ गतेसम्म २१ औँ सडक महोत्सव हुने भएको छ। रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अबसर पारेर विगत २० वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ।

    रेवान पोखराले आइतबार काठमाडौँको सांग्रिला होटलमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। पोखरा लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा उक्त महोत्सव हुने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए। भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि पोखरा सडक महोत्सव महत्वपूर्ण रहेको उनको भनाइ छ। 

    ‘नेपाल भ्रमण वर्ष २०२० लाई पनि यो महोत्सवले टेवा पुर्‍याउँछ,’ महोत्सवका संयोजक बरालले भने, ‘अंग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउने पर्यटक बाहिर नजाउन पोखरामै आउन पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन भन्ने हाम्रो उद्देश्य हो ।’

    खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुनेछन्। महोत्सवलाई लक्षित गरि लेकसाइड क्षेत्रलाई दुलहीझैँ सिँगार्ने काम सुरु भइसकेको पनि बरालले जानकारी दिए। अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहनेछ। 

    त्यसैगरी, कास्की आसपासका जिल्लाबाट उत्पादित सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन। महाेत्सवमा सातवटै प्रदेशकाे  सांस्कृतिक झाँकीकाे प्रस्तुत गरिने आयाेजकले जनाएकाे छ। 

    यही सडक महोत्सवको अवसर पारेर पोखरामा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने रेवान पोखराका अध्यक्ष भीमसेन भूजेलले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]