राजनीति

कांग्रेसमा सहमति सकस : आज पनि चाक्सीबारीमा छलफल

फाइल फाेटाे
पुस ६, २०७६

    काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक विवाद समाधान गर्न आज (आइतबार) पनि नेताहरू चाक्सीबारी पुगेका छन्। कांग्रेसमा असन्तुष्ट पक्ष भनिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेताहरू छलफलमा जुटेका हुन्। 

    ‘पार्टीको विवाद समाधानको लागि नेताहरू आज पनि जुट्नुभएको छ,’ नेता सिंहका सहयोगी यूपी लामिछानेले भने। छलफलका लागि पौडेल पक्षका सिंह र सभापति शेरबहादुर देउवाको पक्षबाट पार्टी उपसभापति विमलेन्द्र निधि संयोजकत्व रहनेगरी वार्ता टोली गठन भएको थियो।

    अहिले चाक्सीबारीमा दुवै पक्षका वार्ता टोलीका सदस्यहरू पुगेका छन्।  नेता सिंह र निधिले अघिल्लो हप्ता पनि सिंह निवास चाक्सीबारीमै पटकपटक छलफल गरे पनि सहमति हुन सकेको थिएन। 

    दुईपक्षबीच सहमति नभएपछि विवाद समाधानका लागि सक्रिय कृष्णप्रसाद सिटौलाको प्रस्तावमा आगामी पुस १० गतेसम्मको लागि बैठक स्थगित गरिएको छ।
    कांग्रेसमा महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा र विभाग गठनको विषयमा देउवा पक्ष र पौडेल पक्ष विभाजित हुँदै आएका छन्।

    गत मंसिर २६ गतेबाट सुरु भएको कांग्रेसको केन्द्रीय कमिटिको बैठकमा महाधिवेशनको कार्यतालिका पेस नभएपछि पौडेल पक्षले बैठक बहिष्‍कार गर्दै आइरहेको छ।  त्यस्तै, भ्रातृसंस्थाहरू तरुण दल र नेपाल विद्यार्थी संघमा दुई पक्षबीच भागबण्डा नमिल्दा लफडा हुँदै आइरहेको छ।

    पौडेल पक्षले तरुण दल र नेविसंघमध्ये एकको नेतृत्वसहित कार्यसमितिमा आफ्नो पक्षका रहनुपर्ने माग राख्दै आइरहेको छ। 
      

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]