राजनीति

प्रचण्डको प्रतिवेदन पारित, एमसिसीबारे निर्णयको जिम्मा सचिवालयलाई

पुस ६, २०७६

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एक सातादेखि जारी स्थायी कमिटी बैठक आइतवार सकिएको छ। पार्टीको भावी रणनीति, सरकारको समीक्षासहितका विषयमा केन्द्रित भएर बसेको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सकिएको हो। 

    धुम्बराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकबाट महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पनि पारित भएको छ। यो बैठकले आगामी पुस २३ गते केन्द्रीय कमिटी बैठक पनि बोलाउने निर्णय गरेको छ। 

    पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार्टी एकताका बाँकी रहेका काम १५ दिनमा सक्ने निर्णय लिएको छ। यो बैठकले अमेरिकाको बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) उसकै सैन्य रणनीति इन्डोप्यासिफिक अन्तर्गतको भए नभएको निर्णय लिने जिम्मा पार्टी सचिवालयलाई दिएको छ। 

    'विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्ने गरी पारित गरिएको छ', उनले भने, 'एमसीसीलाई इन्डो प्यासिफिकको अंग नभएको अमेरिकाले पुष्टि गरेमा यसको पक्षमा जाने शर्तसहित पार्टीको धारणा बनाउने जिम्मा सचिवालयलाई प्रदान गरिएको छ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]