अर्थ

लेखा परीक्षकका कारण भ्रष्टाचार बढ्यो : अख्तियार प्रमुख आयुक्त घिमिरे

लेखा परीक्षकहरू व्यावसायिक धर्मबाट विचलित : महालेखापरीक्षक शर्मा

पुस ६, २०७६

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लेखा परीक्षकहरूका कारण भ्रष्टाचार बढ्दै गएको बताएका छन्।

    नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयको राष्ट्रिय सम्मेलनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले लेखा परीक्षकहरूले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको बताएका हुन्।

    प्रमुख आयुक्त घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कतिपय अनुसन्धानमा सुरुदेखि नै लोखा परीक्षकका लागि भाग छुट्याउने गरेको पाइएको बताए।

    लेखा परीक्षकहरू व्यावसायिक धर्मबाट विचलित : महालेखापरीक्षक शर्मा

    कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले निजी र सरकारी सबै क्षेत्रमा भ्रष्टाचार र ठगी बढ्दै गएको बताएका छन्। उनले निजी क्षेत्रबाट ठगी हुने र सरकारी निकायहरूबाट भ्रष्टाचार हुने गरेको बताए।

    उनले लेखा परीक्षकहरूले लेखा परीक्षण गरी प्रमाणित गरेका कतिपय विषयहरूमा भ्रष्टाचार र ठगी भेटिने गरेको बताए। यसबाट लेखा परीक्षकहरू व्यावसायिक धर्मबाट विचलन भएको पाइएको बताउँदै त्यस्तो अवस्था आउन दिन नहुने बताए।

    महालेखापरीक्षक शर्माले पवित्र उद्देश्यले खोलिएको धार्मिक संस्था तथा कृषि उत्पादनमा समेत भ्रष्टाचार हुने बताउँदै हिसाब मिलाएर गरिने भ्रष्टाचार केलाउन चुनौति रहेको बताए। त्यस्तै भ्रष्टाचारलाई कम गर्न लेखा परीक्षणका मापदण्डहरूले वित्तीय ठगीको परिभाषालाई समेत समावेस गर्नुपर्ने उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]