राजनीति

वामदेवलाई उपाध्यक्ष बनाउन विधान संशोधन प्रस्ताव पारित

सकियो नेकपा स्थायी कमिटी बैठक

फाइल फाेटाे
पुस ६, २०७६

    काठमाडौं : नेकपाको स्थायी कमिटी बैठकले संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ। गत मंसिर २९ देखि बसेको बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए।

    बैठकले नेताहरुको सुझावसहित उक्त प्रस्ताव पारित गरेसँगै वामदेव नेकपाका उपाध्यक्ष बन्‍ने बाटो खुल्ला भएको हो। गत साउन २१ गते नै वामदेवलाई उपाध्य बनाउन नेकपा सचिवालयबाट निर्णय लिइएको थियो। नेकपाको विधानमा उपाध्यक्ष रहने व्यवस्था नहुँदा वामदेवलाई उपाध्यक्ष बनाउन नेकपाको विधान संशोधन गर्नुपर्ने हुन्छ।

    अब विधान संशोधनको निर्णय नेकपाको केन्द्रीय कमिटीले गर्नेछ। नेकपाले आगामी पुस २३ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। २३ गतेको बैठकले विधानमा ‘एक उपाध्यक्ष रहनेछ’ भन्ने उल्लेख गरेसँगै बामदेव उपाध्यक्ष बन्नेछन् ।

    ‘उपाध्यक्ष थप गर्नका लागि गरिएको विधान संशोधन स्थायी कमिटीले अनुमोदन गरेको छ,’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले थाहाखबरसँग भने, 'अब यसबारेमा केन्द्रीय कमिटी बैठकले निर्णय लिनेछ।'

    एक सातादेखि जारी नेकपाको बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित पारित भएका छन्। 

    नेकपा स्थायी कमिटी बैठकमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनको परियोजनालाई लिएर नेताहरुबीच लामो विवाद भएको थियो। नेताहरु यस मुद्दामा दुई पक्षमा विभाजित नै भएका थिए। नेपाल-भारत सीमा समस्या समाधानका विषयमा सदस्यहरुले सुझाव पेश गरेका थिए।

    नेकपाले भारतले जारी गरेको नक्साप्रति असन्तुष्टि जनाउँदै सरकारले कूटनीतिक पहल गरेर समाधान खोज्नुपर्ने पनि जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]