समाज

एसएलआरसहित बरामद गरिएका नौ हजार गोली सेनाले लग्यो

पुस ६, २०७६

    सुनसरी : सुनसरीको बराह क्षेत्रबाट बरामद गरिएको एसएमजी हतियारसहित ठूलो मात्रामा फेला परेको गोली नेपाली सेनाले लगेको छ।

    सुनसरीको बराह क्षेत्र ५ भरौलस्थित खेमराज प्रधानको कुखुराको खोरमा गाडेर राखेको अवस्थामा एउटा एसएमजीसहित ९ हजार ९८२ थान गोली फेला परेको हो। 

    बरामद हतियार र गोलीको सम्बन्धमा अनुसन्धान गर्न नेपाली सेनाको पूर्वी पृतना इटहरी लगिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।घटनास्थलबाट बरामद गरिएको हतियारबारे नेपाली सेनाको पूर्वी पृतनाले लगेर अनुसन्धान सुरु हुने प्रहरी प्रमुख पोख्रेलले बताए। 

    ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]