काठमाडौँ : नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भनेर प्रश्न...
काठमाडाैं : नेपाली कांग्रेसको विवाद समाधान गर्न आइतबार चाक्सीबारीमा बसेको बैठक बिनानिस्कर्ष टुंगिएको छ। कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका वार्ता टोलीको बैठक कुनै निस्कर्षबिनै टुंगिएको हो।
पार्टी उपसभापति विमलेन्द्र निधि र पौडेल समूहले वार्ताका लागि गठन गरेको समितिका सदस्यहरू सिंह, दिलेन्द्र बडू र हृदयराम थानीबीच छलफल भएको सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए।
‘छलफल जारी छ। आज सहमति नभए पनि अर्काे दिन छलफबाटै हामी विवाद टुंग्याउँछौँ। सहमतिको नजिक भने पुगेका छौँ,’ पौडेल पक्षका वार्ता टोलीका सदस्य दिलेन्द्र बडुले भने। वार्ता टोलीका सदस्यहरूले अघिल्लो हप्तादेखि नै चाक्सीबारीमै छलफल गर्दै आइरहेका छन्।
पछिल्लो समय कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आइरहेका कृष्णप्रसाद सिटौला पनि समस्या समाधानको लागि सक्रिय छन्। गत शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक सिटौलाकै प्रस्तावमा सभापति देउवाले आगामी पुस १० गतेसम्मको लागि स्थगित गरेका थिए।
कांग्रेसमा महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा र विभाग गठनको विषयमा देउवा पक्ष र पौडेल पक्ष विभाजित हुँदै आएका छन्। गत मंसिर २६ गतेबाट सुरु भएको कांग्रेसको केन्द्रीय कमिटिको बैठकमा महाधिवेशनको कार्यतालिका पेस नभएपछि पौडेल पक्षले बैठक बहिष्कार गर्दै आइरहेको छ।
त्यस्तै, भ्रातृसंस्थाहरू तरुण दल र नेपाल विद्यार्थी संघमा दुई पक्षबीच भागबण्डा नमिल्दा लफडा हुँदै आइरहेको छ। पौडेल पक्षले तरुण दल र नेविसंघमध्ये एकको नेतृत्वसहित कार्यसमितिमा आफ्नो पक्षका रहनुपर्ने माग राख्दै आइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।