फिचर

एउटा 'गीताङ्गे गुरिल्ला'को कथा

मोहनचन्द्रका कुरा सुनेर पञ्‍चायतविरुद्ध होमिए

पुस ७, २०७६

    दमक : नेपाली संगीत आकाशमा शम्भु राई चिनाइरहनु पर्ने नक्षत्र होइनन्। उनको गीतका भाकाले देशविदेशसम्म चिनिएका छन्। तर उनीभित्रको क्रान्तिकारीचेत र चासो नयाँ पुस्ताका लागि नौलो लाग्‍न सक्छ। उनी गीत संगीतक्षेत्रबाट चिनिनुअघि नै परिवर्तनको एक लडाकुका रुपमा स्थापित थिए। नागरिकका स्वतन्त्रता शासकका पैतालामुनि भासिएका बेला उनी अधिकार र स्वतन्त्रताको उत्खनन गर्दै पूर्वी नेपालका गाउँगाउँ चहार्थे–एउटा गीताङ्गे लडाकु भएर।

    पारिवारिक पृष्ठभूमि

    वि.सं. २०१३ सालमा धनकुटाको चुङवाङमा जन्मिए शम्भु राई। बुवा चक्रबहादुर र आमा मायादेवीका तीन सन्तानमध्ये एक्ला छोरा। उनीअघि दुई दिदी थिए। तर, बुवाको तस्वीर उनको आँखामा छैन भने पनि हुन्छ।

    धाइजन झापामा पनि त्यस्तै भयो। कार्यक्रम चलिरहेको थियो, अवरोध गर्न चाहने एक जनाले स्टेजमा छ्याम्मै खुकुरी फाल्यो। धन्न, मान्छेलाई केही भएन, स्टेजको पर्दा काट्दै खुकुरी भुइँमा झर्‍यो। त्यस खुकुरी हान्‍नेलाई स्थानीयले खेदे। अनि कार्यक्रम निरन्तर चल्यो। प्रहरीले लगेर त्यस बेलाको राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली..........श्री ५ महाराजधिराज सरकारको सदा रहोस् उन्‍नति...’ गाउन लगाउँथ्यो। उनीहरू गाइदिन्थे बदलामा ‘गाउँगाउँबाट, बस्तीबस्तीबाट उठ।’ प्रहरीसँग हिरासतमै घम्साघम्सी हुन्थ्यो। तर, राजनीतिक जिम्मेवारी नभएको र कलाकार मात्र भएकाले ४/५ दिन राखेर छोडिदिन्थ्यो। तत्कालीन शासकलाई झुक्याउँदै, छल्दै जनवादी गीतियात्रा चलाएका दिन सुनाउँदा, ६ दशक काटेका शम्भु राई उसैगरी जाँगर निकाल्थे।

    डेढ वर्षको छँदै बुवा बितेपछि ग्रामीण किसान पृष्ठभूमिका राई परिवारको मियो बनिन्, आमा मायादेवी। घाँसपात, गोठाला, खेताला गर्दै हुर्किए उनी, जसरी दिदीहरू हुर्किए।

    तर, त्यसबेला पनि उनले विद्यालयको आँगन भने टेक्न पाए। ‘हाम्रो समुदाय जन्मँदै व्यक्तिगत स्वतन्त्रता लिएर जन्मन्छ’ विद्यालय जान परिवारबाट भएको बेरोकटोकको प्रसंगमा उनले भने, ‘मलाई पढ्नुपर्छ भन्‍ने लाग्यो, त्यसैले पढ्छु भनेँ, आमाले रोक्नु भएन।’ घाँस-पात, मेलाबाट उभ्रिएको समय उनी अध्ययनमा दिन्थे। औपचारिक शिक्षा गाउँकै भारती माविबाट थाले। उनको घरमा रेडियोसमेत थिएन, त्यसबेला।

    गीत सुन्‍ने अरू कुनै माध्यम नै नभएको बेला हो, त्यो। त्यसैले गाउँमा छिटफुट भएका रेडियोबाट बजेका गीत गोठाला–खेताला जाँदै सुन्थे। मन परेको गीत आयो भने पिठ्युँको भारीसँग टक्क अडिएर सुन्थे अनि तिनै शब्‍द गुनगुनाउँदै घरतिर लाग्थे। त्यसबेला रेडियोमा सुनिने अवाज थिए, नारायण गोपाल, बच्चुकैलाश, हिरण्य भोजपुरे, गणेश रषिक, नवीनकिशोर राई, शिवशंकर थापालगायत। रेडियोका गीत नक्कल गर्दागर्दै उनको गलाले लय समात्‍न थाल्यो। सुसेली हाल्दै गाउँघर डुल्न थाले। २०३२ सालमा एसएलसी दिँदासम्ममा त उनमा गीत–संगीतको अम्मल नै चढिसकेको थियो।

    राजनीतिक चेतना

    विद्यालय पढ्दाकै कुरा हो। स्कुलमा पुगेका थिए शिक्षक मोहनचन्द्र अधिकारी। विद्यार्थी पढाउनु उनको जागिर र जिम्मेवारी थियो। उनी दिनभरि विद्यार्थी पढाउँथे अनि रातभरि कार्यकर्ता। सुरुमा त उनी त्यसबेलाको भूमिगत मालेका नेता भन्‍ने थाहा भएन। तर, जब उनले दिउँसको आफ्ना विद्यालयका विद्यार्थीलाई राति कार्यकर्ता बनाउने प्रशिक्षण दिन्थे अनि थाहा हुँदै गयो।

    मोहनचन्द्र कार्ल मार्क्सका कुरा गर्थे, लेनिनका संघर्षका कथा सुनाउँथे, माओको क्रान्तिकारी चेतको बर्णन गर्थे। देशको पञ्चायती व्यवस्थाले नागरिकलाई बोल्नसमेत नपाउने गरी दमन गरेको भन्दै त्यस व्यवस्थाविरुद्ध लाग्‍न हौस्याउँथे। मोहनचन्द्रको करिब ६ महिने प्रशिक्षणले उनलाई पञ्चायतविरुद्धको लडाकु बनाइसकेको थियो। त्यहीबेला कहिल्यै ननिस्कने खिल बनेर गढ्यो उनलाई जनताका पीर मर्का गीतका भाकामा उन्‍ने रहर। त्यही रहरमै बिताए उनले जवानीका रंगहरू। बैंशका तागतहरू।

    क्याम्पसबाट क्रान्तिकारी

    प्रहरीले लगेर त्यस बेलाको राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली..........श्री ५ महाराजधिराज सरकारको सदा रहोस् उन्‍नति...’ गाउन लगाउँथ्यो। उनीहरू गाइदिन्थे बदलामा ‘गाउँगाउँबाट, बस्तीबस्तीबाट उठ।’ प्रहरीसँग हिरासतमै घम्साघम्सी हुन्थ्यो। तर, राजनीतिक जिम्मेवारी नभएको र कलाकार मात्र भएकाले ४/५ दिन राखेर छोडिदिन्थ्यो। तत्कालीन शासकलाई झुक्याउँदै, छल्दै जनवादी गीतियात्रा चलाएका दिन सुनाउँदा, ६ दशक काटेका शम्भु राई उसैगरी जाँगर निकाल्थे।

    उनको रगतमा क्रान्ति त बग्‍न थालिसकेको थियो तर मैदानमा उत्रिएका थिएनन्। तर, जब एसएलसी पास गरेर धरान झरे, संगत उस्तै भयो। मञ्जुल, जेवी टुहुरे, रामेश, अरिमहरूसँग उनको दोस्ती जम्यो। उनीहरू पनि क्रान्तिकारी गीतहरू गाउँदै गाउँगाउँ डुल्ने समूह बनाउँदै थिए। शम्भुको पनि उस्तै रहर। उनी पनि त्यही समूहमा मिसिए। त्यसबेला संकल्प पत्रिका निस्कन्थ्यो। कुन्ता शर्मा थिइन् सम्पादक।

    पञ्चायतविरुद्ध प्रतीकात्मक अभिव्यक्ति दिने माध्यम थियो त्यो। २०३६ सालतिरको कुरा हो, त्यही समूहले विराटनगरमा सांस्कृतिक कार्यक्रम गर्ने भयो। उनलाई पनि स्टेजमा उक्लने अवसर मिल्यो। लागे विराटनगरतिर। अनि सुरु भयो क्याम्पस पढ्न आएको ठिटोको क्रान्तिकारी यात्रा।

    पञ्चायतको अवरोध, मण्डलेको आक्रमण

    मालेका नेताहरू भूमिगत थिए। झापा विद्रोहपछि कम्युनिष्टहरूलाई हेर्ने पञ्चायतको नजर झनै क्रूर बनेको थियो। त्यसबेला कलाकारहरूले भूमिगत भएका नेताहरूको अभिव्यक्ति पोख्नुपर्थ्यो गीतबाट। गायक कलाकारहरूलाई पनि पञ्चायतले निगरानीमा राखेको थियो।

    त्यस्तो बेलामा उनी खटिए, त्यही झापा विद्रोहको विद्रोही माटोमा। ठ्याक्कै चार दशक अघिका दिन सम्झनुअघि उनले लामो खुई काढे। ‘खै के भन्नु, कसरी भन्नु ती दिन पनि, कुरा पनि कथा जस्तो हुन्छ’ गाउँगाउँ, बस्तीबस्ती डुलेर संगीतमार्फत क्रान्तिको ढोल पिट्दाका दिन सुनाउन थाले उनी, ‘हामीलाई पार्टीका साथीहरूले बोलाउनु हुन्थ्यो।'

    दिनु–लिनु केही थिएन। गाडी भाडा भए हुने। खाना साथीहरूले नै खुवाउँथे। हामी जसरी पनि पञ्चायत ढल्नुपर्छ भनेर जनता जगाउँदै हिँडेका थियौं। कस्तो अचम्म लाग्छ अहिले सम्झँदा पनि, त्यस बेला कयौं आक्रमण भए, पक्राउ परियो तर मर्छु भन्‍ने डरै नलाग्ने।

    उमेर पनि त्यस्तै भएर होला, दिमागमा जसरी पनि पञ्चायत ढाल्छौं भन्‍ने सपना मात्र थियो।’ कहाँ र कसरी आक्रमण भयो भन्‍ने सन्दर्भमा धेरै घट्नाका याद सुनाए, फोटो एल्बमबाट खुरुखुरु पाना पल्टाए जसरी। ‘हामी झापाका पाडाजुङ्गी, तोपगाछी, धाइजन, गरामनी, पृथ्वीनगरतिर कार्यक्रम गर्न जान्थ्यौं', उनले भन्दै गए।

    त्यही बेलामा मेची र कोशीका सबैजसो ठाउँमा पुगियो। तर, पञ्चायती शासकहरूले देख्नै नसक्ने, ठाउँठाउँमा पुलिस लगाएर अवरोध गर्ने कतै मण्डलेले आक्रमण गर्ने। '२०३६ सालको एक साँझ हामी कार्यक्रमका लागि झापाको पूर्वी दक्षिणी क्षेत्र पृथ्वीनगर पुगेका थियौं, कार्यक्रम चलिरहेको थियो, दुईजना पुलिस आएर झ्याप्पै पक्रि त हाले, केही अरू फटाहाहरू पनि आएका रहेछन्, मोसो दल्न पो थाले', उनले सुनाए।

    'केहीबेर त सबै दर्शकहरू चुपचाप लागे, केही भागे। तर, एक वृद्धाले प्रतिकार गर्नुभयो। हाम्रा गीत र भाका सुनाउनेलाई किन गाउन नदिएको भन्‍नुभयो। अनि त अरू पनि जागिहाले, हामीलाई अवरोध र आक्रमण गर्नेहरू नै भागे। त्यसपछि बिहानको ३ बजेसम्म कार्यक्रम चल्यो,’ उनले इतिहासका पाना पल्टाए। दमक, ताप्लेजुङ, फिदिम, धरान, धनकुटालगायत धेरै ठाउँमा यस्ता अवरोध छिचोल्दै उनीहरू जनताका घरघरमा पुग्थे।

    अधिकांश कार्यक्रम राति हुन्थे त्यसबेला। धाइजन झापामा पनि त्यस्तै भयो। कार्यक्रम चलिरहेको थियो, अवरोध गर्न चाहने एक जनाले स्टेजमा छ्याम्मै खुकुरी फाल्यो। धन्न, मान्छेलाई केही भएन, स्टेजको पर्दा काट्दै खुकुरी भुइँमा झर्‍यो। त्यस खुकुरी हान्‍नेलाई स्थानीयले खेदे। अनि कार्यक्रम निरन्तर चल्यो।

    धरानमा कार्यक्रम गर्दा पटकपटक पक्राउ गरे। प्रहरीले लगेर त्यस बेलाको राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली..........श्री ५ महाराजधिराज सरकारको सदा रहोस् उन्‍नति...’ गाउन लगाउँथ्यो। उनीहरू गाइदिन्थे बदलामा ‘गाउँगाउँबाट, बस्तीबस्तीबाट उठ।’ प्रहरीसँग हिरासतमै घम्साघम्सी हुन्थ्यो। तर, राजनीतिक जिम्मेवारी नभएको र कलाकार मात्र भएकाले ४/५ दिन राखेर छोडिदिन्थ्यो। तत्कालीन शासकलाई झुक्याउँदै, छल्दै जनवादी गीतियात्रा चलाएका दिन सुनाउँदा, ६ दशक काटेका शम्भु राई उसैगरी जाँगर निकाल्थे।

    २ दर्जन जति एल्बमहरू आए। त्यसैको कमाइले हो, छोराछोरीले घरजम गरिसके। धनकुटाबाट गीताङ्गे गुरिल्ला (उनकै शब्‍द) हुँदै गाउँगाउँ हिँड्ने उनको काठमाडौंमै घर,घडेरी, व्यवसाय भयो। पूर्णकालीन संगीतकर्मी भएर नै उनले जीवनको आधार तयार पारे।

    पार्टीको स्वीकृतिमा रेडियोतिर

    त्यस बेलाका माले र माले पक्षधर कलाकारहरूको रेडियो नेपाललाई हेर्ने दृष्टिकोण राम्रो थिएन। रेडियो नेपाल र त्यसका कलाकार शासकको भजन मण्डली मात्र हुन् भन्थे। त्यसैले जनवादी गीतियात्रामा लागेकाहरू हत्तपत्त रेडियो नेपाल जाँदैनथे।

    त्यहाँ पुगे पनि आफू पनि बुर्जुवा हुनुपर्ने चिन्ता थियो। २०४० सालतिरबाट भने रेडियो नेपाललाई उपयोग गर्ने कि नगर्ने भनेर जनवादी कलाकारहरू बीचमा बहस भयो। कोही भन्थे, त्यहाँ जानै हुँदैन। गएपछि पञ्चायतको भजन मण्डली स्वीकारेको भइगो'नि भन्थे। कोही चाहीँ त्यसलाई पनि उपयोग गरेर जनवादी क्रान्तिलाई सहयोग गर्नुपर्छ भन्थे। शम्भु दोस्रो धारमा थिए।

    रेडियो नेपालको पनि उपयोग गर्ने र जनवादी गीतियात्रालाई पनि निरन्तरता दिने। त्यति मात्रै होइन, २०३९ सालमा प्रमोदा राईसँग विवाहसमेत गरिसकेकाले पारिवारिक जिम्मेवारी पनि थपिएको थियो। परिवार बढ्दै थियो, जनवादी गीत गाएर मात्रै त गुजरा चल्ने अवस्था भएन।

    त्यसैले उनले प्रस्ताव राखे-‘कि मलाई गरिखाने बाटो दिनु पर्‍यो होइन भने म रेडियो नेपाल गएर आफैं गरिखाने बाटो बनाउँदै जनवादी गीतियात्रालाई पनि निरन्तरता दिन्छु।’ त्यबेला जनवादी फाँटको जिम्मेवारी थियो, प्रदीप नेपालको।

    रामेश, रायनसहित पार्टी नेतृत्वसँग पनि स्वीकृति लिएपछि उनी पुगे रेडियो नेपाल-२०४२ सालमा। त्यसबेला ‘चलेछ बतास सुस्तरी’ गाउँगाउँमा लोकप्रिय भइसकेको थियो, जनवादी गीति कार्यक्रमका मञ्चबाट। उनले त्यही गीत रेकर्ड गराउने तयारी गरे। तर पहिले नै शब्‍द स्वीकृति गराउनुपर्थ्‍यो। गीतको दोस्रो लाइनमा थियो ‘..............भरोसा छैन जीवनको खेलाँची नगर।’ खेलाँची नगर भन्‍ने शब्‍द काटेर मात्र रेकर्ड गर्न मिल्ने भयो। साथीहरूसँग सल्लाह गरे, त्यो शब्‍द काट्दा गीतको मर्म मर्ने हो कि भनेर। तर, त्यति काट्दैमा केही फरक पर्दैन गरे हुन्छ भनेपछि बल्ल रेकर्ड भयो-

    चलेछ बतास सुस्तरी मनै सरर, हो

    भरोसा छैन जीवनको बिताऊँ हाँसेर…

    व्यवसायिक जीवनको गति

    रेडियो नेपालमा प्रवेश गरेपछि उनको व्यावसायिक जीवनले पनि उडान भर्‍यो। स्टेजमार्फत गाउँगाउँमा लोकप्रिय भए पनि उनको लोकप्रियता देशव्यापी बन्यो। नेपाल बाहिरका नेपालीहरू बीचमा पनि उनका गीत सुन्‍न थालिए।

    लोकजीवनमा आधारित गीत गाउँघरमा टपक्कै टिपिए पनि। उता, जनवादी गीति अभियान पनि चल्दै थियो। २०४३ सालमा शम्भु राईका लोकगीतहरू भाग १ र आधुनिक गीतहरू भाग १ बजारमा ल्याए। गीत सुन्‍ने अरू माध्यम नभएका बेला क्यासेटको माध्यमबाट उनी देश विदेशसम्म सुनिन थाले। लोकप्रियता जनवादी अभियानमा सीमित रहेन।

    २०४६ सालको परिवर्तनपछि समाज पनि खुल्ला भयो। गीत गाउने स्वतन्त्रता पनि आयो। श्रद्धा र समृद्धि छोरी अनि छोरा संजोग पनि हुर्किंदै गए। २०५० सालमा श्रद्धा डिजिटल रेकर्डिङ स्टुडियो खोलेर गीत संगीतमै आधारित व्यवसाय पनि सुरु गरे।

    २ दर्जन जति एल्बमहरू आए। त्यसैको कमाइले हो, छोराछोरीले घरजम गरिसके। धनकुटाबाट गीताङ्गे गुरिल्ला (उनकै शब्‍द) हुँदै गाउँगाउँ हिँड्ने उनको काठमाडौंमै घर,घडेरी, व्यवसाय भयो। पूर्णकालीन संगीतकर्मी भएर नै उनले जीवनको आधार तयार पारे।

    फर्किएर हेर्दा

    जीवनप्रति पछुतो छैन। तर, जुन संघर्षबाट अहिलेको राजनीतिक स्वतन्त्रताको चरणमा देश पुगेको छ, यसबारे चाँहि समीक्षा र लेखाजोखा नहुँदा उनको चित्त दुखाइ पनि छ। ‘हिजो नेताहरू भूमिगत थिए, हामी कलाकार खुल्ला थियौं तर जब नेताहरू खुल्ला भए अनि हामी कलाकार भूमिगत हुनुपर्‍यो।

    धनकुटाको जन्म, सानैको पितृवियोग, मेलापात गर्दै हुर्किएको बाल्यकाल, धरान आएपछि सुरु भएको गीताङ्गे गुरिल्ला जीवन, अर्धभूमिगत जनवादी गीति यात्रा, पञ्चायतको अवरोध पार गर्दाको संघर्ष र सकस, पारिवारिक जीवन, व्यावसायिक उतारचढाव सबैलाई एकै ठाउँमा राख्दा जीवन चिरिमिरि ताराले भरिएको आकाश जस्तै लाग्छ।

    जीवनप्रति पछुतो छैन। तर, जुन संघर्षबाट अहिलेको राजनीतिक स्वतन्त्रताको चरणमा देश पुगेको छ, यसबारे चाँहि समीक्षा र लेखाजोखा नहुँदा उनको चित्त दुखाइ पनि छ। ‘हिजो नेताहरू भूमिगत थिए, हामी कलाकार खुल्ला थियौं तर जब नेताहरू खुल्ला भए अनि हामी कलाकार भूमिगत हुनुपर्‍यो।

    यो अवस्था कसरी आयो, खै मैले पनि केही बुझेको छैन’ उनले भने, ‘मैले यसो भनिरहँदा कुनै रिस वा रोष प्रकट गरेको पनि होइन, तर हिजो हामीसँग हुनेहरू स्वतन्त्र भएपछि अरूबाटै घेरिएका छन्, त्यो भिड छिचोलेर हामी त्यहाँसम्म पुग्नै सक्दैनौं।

    त्यसैले चाँहि एउटा पीर मात्र लागेको हो, किन इतिहास अभिलेखीकरण भएन भनेर। कुनै सम्मान दिनुपर्छ भनेको होइन, मात्रै इतिहास सुरक्षित राख्न सकियो भने भोलिको पुस्ताले हेर्ने, पढ्न, महसुस गर्न पाउने थियो। त्यो संघर्ष र विद्रोहका सिर्जनाहरू आज कहाँ छन्? ती विद्रोही सर्जकहरू कहाँ पुगे, के गर्दैछन्? यो कुरा कसले खोजिदिने र अब?’

    ‘आफूलाई राष्ट्रिय कलाकार भन्‍ने, राष्ट्रको गहना भन्‍ने हो भने राष्ट्रका लागि के योगदान दिएँ भन्‍ने कुरा त भन्नु सक्नुपर्‍यो नि तर के गर्नु साँचो कुरा गरो भने छुचो होइन्छ अचेल।’

    निरुत्तरित प्रश्न निकालेर मनतातो पानीको घुट्को थपे अनि थपे, ‘हिजो म होइन, हामीले रोपेको विद्रोहको बीऊ नै कालान्तरमा झाँगिएर गणतन्त्र भएको होइन र? यसका लागि हामीभन्दा बढी संघर्ष गर्नेहरू हुनुहुन्छ, उहाँहरूले नै बुझ्ने कुरा हो, म त के भनौँ र खै?’

    अहिलेका संगीत र सर्जक

    जब देशमा गणतन्त्र आयो। गणतन्त्रसँगै स्वतन्त्रताको उचाइमा पुग्‍ने सबैले अवसर पाए। तर, यो स्वतन्त्रताको सही सदुपयोग संगीत क्षेत्रमा भएको छैन जस्तो लाग्छ उनलाई। गीत संगीतमा प्रविधि हाबी हुँदा सिर्जनशीलता हराएको देखिरहेका छन्, उनी।

    ‘माया प्रेमका गीत नगाउनु भनेको होइन, तर माया प्रेमका गीत पनि हार्दिकतापूर्ण हुनुपर्‍यो नि। जबरजस्ती माया गर्, गरिनस् भने यसो गर्छु भनेर जबरजस्ती गर्ने कुरा पनि गीतमा आउने विषय हुन् र?’ गीत संगीतमा देखिएका प्रवृत्तिबारे उनको प्रश्न छ, ‘आफूलाई राष्ट्रिय कलाकार भन्‍ने, राष्ट्रको गहना भन्‍ने हो भने राष्ट्रका लागि के योगदान दिएँ भन्‍ने कुरा त भन्नु सक्नुपर्‍यो नि तर के गर्नु साँचो कुरा गरो भने छुचो होइन्छ अचेल।’

    मोहनचन्द्र कार्ल मार्क्सका कुरा गर्थे, लेनिनका संघर्षका कथा सुनाउँथे, माओको क्रान्तिकारी चेतको बर्णन गर्थे। देशको पञ्चायती व्यवस्थाले नागरिकलाई बोल्नसमेत नपाउने गरी दमन गरेको भन्दै त्यस व्यवस्थाविरुद्ध लाग्‍न हौस्याउँथे। मोहनचन्द्रको करिब ६ महिने प्रशिक्षणले उनलाई पञ्चायतविरुद्धको लडाकु बनाइसकेको थियो।

    कलाकारले केवल मनोरञ्जन मात्र दिने नभई समाजप्रतिको जिम्मेवारी पनि पूरा गर्नुपर्ने तर्क छ, उनको। हलिउड, बलिउडका जस्ता गीत गाउन खोज्दा नेपालका पालाम, साकेला, हाक्पारे, बालन, संगिनी, झ्याउरे भाका नयाँ पुस्ताले नचिन्‍ने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे। तर, कतिपय आशालाग्दा प्रतिभाहरू पनि नेपाली संगीत क्षेत्रमा आइरहेकाले आशालाग्दो भविष्‍य पनि उनीहरूमा देखेका छन्।

    जीवन बुढ्यौलीतर्फ प्रवेश गर्दै गरेको उनले पनि अनुभूत गरेका छन्। तर, जति सकिन्छ, गीत संगीत र समाजकै लागि काम गर्ने हिम्मत हराएको छैन।

    छोटो जीवनमा पनि समाज र राष्ट्रका लागि केही योगदान गर्न सके जीवनको सार्थकता हुने उनको जीवन दर्शन हो। छोटो जीवनमा गरेका योगदानले नै प्रतिभा र व्यक्तित्वलाई लामो समयसम्म चिनाइराख्‍ने भएकाले यो क्षेत्रबाट बाहिर निस्कन नसकेको भन्दै उनले भने, ‘उही गीत जस्तै त हो जीवन पनि’

    आलुदम चना

    छोटो जिन्दगी नि लैलै

    लामो सम्झना…

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]