समाज

६ किलो लागुऔषध कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ

पुस ६, २०७६

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो लागुऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा बेलारुसका एबी २७१२०६० नम्बर राहदानी भएका २१ वर्षीय पाभेल भेसिलयु र राहदानी नम्बर केएच २४६४४२६ भएकी २१ वर्षीया एलिना एल्डोसाइनाला पक्राउ परेका हुन्। उनीहरूको साथमा रहेको सुटकेश चेकजाँच गर्दा पाभेलको साथबाट तीन किलो र एलिनाको साथबाट तीनकिलो गरी जम्मा ६ किलो कोकिनसहित नियन्त्रणमा लिइएको हो। उनीहरूले सुटकेशभित्र ज्याकेटमा फल्स बटन बनाएर कोकिन लुकाएका थिए‍।

    नियन्त्रणमा परेकाहरूकै बयानका आधार लाजिम्पाटमा रहेको होटल लास्ट गार्डेनको कोठा नम्बर ३०४ बाट २ जना वोलिभियाका नागरिकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    बोलिभियाका रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज रहेका छन्। उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]