समाज : सुरक्षा/अपराध

जुम्लामा विमानबाटै भित्रियो लागुऔषध ब्राउन सुगर

पुस ६, २०७६

    जुम्ला : हिमाली जिल्ला जुम्लामा लागुऔषध विमानबाटै भित्रिने गरेको जुम्लाका प्रमुख डिएसपी लालबहादुर धामीले बताएका छन्। उनले आइतबार पत्रकार सम्मेलनमार्फत लागुऔषध ओसारपोसर तथा चोरीका घटना सार्वजानिक गर्ने क्रममा यस्तो बताएका हुन्।

    'जुम्लाजस्तो ठाउँमा लागुऔषध विमानबाट भित्रिन्छ भन्ने कुरा पत्यारो लागेको थिएन। तर, पनि जनगुनासोलाई मध्यनजर गर्दै हामीले निगरानी गरी रहेका थियौँ' डिएसपी धामीले भने, 'अन्तत ब्राउन सुगर नागरिक उड्डयन कार्यालय जुम्लाको टर्मिनल भवनभित्रबाट बरामत गर्न सफल भयौँ।'

     सुन्तलाको काटुनमा भित्रियो लागुऔषध

    जुम्लामा लागुऔषध भित्र्याउन तरिका पनि फरक हुने गरेको भेटिएको छ। जुम्लामा लागुऔषध फलफूलको काटुनमा लुकाएर ल्याउन गरेको डिएसपी धामीले बताए। 'लागुऔषध सुन्तलाको काटुनमा नेपालगंज हुँर्दै जुम्ला विमानस्थलमा आइपुग्दो रहेछ' डिएसपी धामीले भने।

    आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबार अपरान्ह ४:३० बजे तारा एयरलाइन्सको जहाजमार्फत शिलबन्दी गरी जुम्ला ल्याइएको काटुनमा लागुऔषध भेटिएको जानकारी दिएको हो। शिलबन्द १२ दाना सुन्तला, साबुन र स्याम्पुका डिब्बा राखिएको र डिब्बाभित्र कण्डमको टुक्राभित्र ८ वटा कालो प्लाष्टिकको पुरिया बनाइ लुकाईछिपाइ राखिएको ६ ग्राम लागुऔषद ब्राउन सुगर प्रहरीले विषेश सूचनाको आधारमा फेला पारेको सम्मलेनमा जानकारी दिइएको हो।

    विमानमार्फत लागुऔषध ओसारपसार गर्ने दुईलाई पक्राउ गरेको छ। शिलबन्दी सामान पठाउने, जुम्लामा उक्त सामान संकलन गर्नेलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। उनीहरूको नाम भने गोप्य राखिएको छ।  

    त्यसअघि प्रहरीले मंसिर १७ गते तीला गाउँपालिका-३ कुडारीस्थित रोडमाको सडकखण्डमा एक ग्राम लागुऔषध ब्राउन सुगरसहित एकजना नबालकलाई प्रहरीले पक्राउ गरेको गरेको थियो। ती बालकको बयानका आधारमा थप तीनजनालाई पक्राउ गरेको डिएसपी धामीले बताए।

    'चारजना व्यक्ति पक्राउ गरिएको छ। तर, यो विषयलाई अनुसन्धान गरी थप १० जनाजति प्रकाउ पर्ने सम्भावना रहेकाले अभियुक्तहरूको नाम सार्वजानिक नगरिएको हो। प्रहरीले लागुऔषधसहित उनीहरूले बिक्री गरेर साथमा राखेको ५० हजार नगद पनि बरामत गरेको छ' उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]