धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको शैक्षिक क्षेत्र पनि पर्यटन विकासका लागि महत्वपूर्ण भएको बताए।
मन्त्री भट्टराईले विभिन्न शैक्षिक संगठनका पदाधिकारीसँग आइतबार पर्यटन वोर्डमा कुरा गर्दै पर्यटन वर्ष २०२० मा पर्यटक भित्र्याउन शैक्षिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका हुन्। उनले शैक्षिक संगठनहरूको विदेशमा रहेका सम्बन्धमा नेपालको पर्यटन वर्षको विषयमा जानकारी गराई पर्यटन वर्ष सफल बनाउन सहयोग गर्न समेत आग्रह गरे।
मन्त्री भट्टराईले नेपालको पर्यटन क्षेत्रको विकासका लागि १० वर्षको अभियान सञ्चालन गरिएको र त्यसका लागि दर्जनौं सेमिनार गर्ने बताए। त्यसमा पनि शैक्षिक क्षेत्रको योगदान रहने उनले बताए। त्यस्तै मन्त्री भट्टराईले पर्यटन वर्ष २०२० को उद्घाटन जनवरी १ का दिन हुने भएकोले उत्साहजनक सहभागिता जनाउन शैक्षिक संगठनहरूलाई आग्रह गरे।
मन्त्री भट्टराईले पर्यटन वर्षको उद्घाटन कार्यक्रका विषयमा आइतबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालयहरूको संगठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन), नेपाल शैक्षिक परामर्श संघ (इक्यान), तथा नेपाल राष्ट्रिय शिक्षक महासंघका पदाधिकारीसँग छलफल गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।