काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
उदयपुर : जिल्लामा सिचो र शीतलहर बढैसँगै जिल्लाको मुसहर बस्तीमा दाउरा वितरण गरिएको छ। जिल्लाको गैरुन, रातमाटेलगातका क्षेत्रहरूमा दाउरा वितरण गसरएको छ।
चिसोको र शीतलहरबाट बच्न जिल्ला प्रशासन कार्यालय उदयपुर र त्रियुगा नगरपालिका को सहयोगमा डिभिजन वन कार्यालय उदयपुर र त्रियुगा शान्ति धामको पहलमा मुसहर बस्तीमा २० क्विन्टल दाउरा वितरण गरिएको छ। ७० घर धुरीलाई दाउरा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी श्री ध्रुव खडकाले बताए।
मोतियाही, पश्चिम जहरे, सिद्धवतीलगायतका सामुदायिक वन उपभोक्ता समूहहरूले दाउरा सहयोग गरेका हुन्छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरले सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह स्थानीय संघ संस्थाहरू यस कार्यमा सहयोग गर्न आग्रह गरेको प्रजिअ खडकाले जानकारी दिए।
दाउरा वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचनरी, विभिन्न संघ संस्थाका प्रमुखहको उपस्थिति रहेको त्रियुगा नगरपालिका ९ का वडाध्यक्ष श्री धनकुमार दनुवारले जानकारी दिए। चिसो र शीतलहर बढैसँगै भित्री मदेसअन्तर्गत पर्ने उदयपुर जिल्लाको जनजीवन प्रभावित भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।