काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
हेटौँडा : विप्लव नेतृत्वको नेकपा मकवानपुरका जिल्ला इन्चार्ज वीरबहादुर घलान 'ज्वाला' पार्टी परित्याग गरेका छन्। ज्वालाले एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट आफू अलग भएको बताएका हुन्।
अब स्वतन्त्र रूपमा रहने भन्दै उनीसँगै मनहरी २ बस्ने राजकुमार पाख्रीन, थाहा नगरपालिका-८ बस्ने सुरज थिङले विप्लव नेतृत्वको पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरूले जिल्ला प्रहरीको रहोवरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उनीहरूले स्वतन्त्र रूपमा जीवनयापन गर्ने विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।
पार्टी परित्यागपछि हिरासतमुक्त
पार्टी परित्यागको घोषण गरेसँगै ज्वाला हिरासत मुक्त भएका छन्। उनलाई विष्फोटक पदार्थ ओसारपसार गरिएको भन्दै प्रहरीले अदालतमा पेश गरेको थियो। अदालतले धरौटी मागपछि धरौटी तिर्न नसक्दा उनी भीमफेदी कारागारमा थिए। केही दिनअघि छुटेसँगै फेरि पक्राउ परेका ज्वालाले पार्टी परित्याग गरेपछि हिरासतमुक्त भएका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले पार्टी परित्याग गरेसँगै प्रहरीले छोडेको जानकारी दिएका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।