समाज

निजगढ विमानस्थलको लागि रूख नकाट्नू : सर्वोच्च

पुस ६, २०७६

    काठमाडौं : सर्वोच्च अदालतले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि तत्काल रूख नकाट्न अन्तरिम आदेश दिएको छ।

    सर्वोच्चका प्रधानन्यायीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीस कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिँदै रूख नकाट्न भनेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए। उनका अनुसार रूख काट्ने सन्दर्भमा सरकारले स्पष्ट कार्यदिशा पेश नगरेकाले मुद्दा हेर्दा हेर्दैमा राखिएको छ।

    यसअघि अदालतले विमानस्थलको निर्माण प्रकृया तत्कालका लागि यथास्थितिमा राख्‍न अन्तरिम अन्तरकालीन आदेश दिएको थियो। निजगढमै विमानस्थल बनाउँदा धेरै प्राकृतिक क्षति हुने भन्दै अन्यत्र सार्न आदेशको माग गर्दै पूर्वसचिव द्वारिकानाथ ढुँगेल, वरिष्ठ अधिवक्ता कृण्णप्रसाद भण्डारी, बासुनाथ खत्रीलगायत ११ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए।

    रिटमा निजगढ विमानस्थलका लागि ८ हजार बढी रूख काट्नुपर्ने, रूख काट्दा जंगली जनावरको वासस्थान हराउने, जैविक विविधता, पानीको स्रोत सुक्ने र तराई क्षेत्र मरभूमीकरण हुने खतरा रहेको उल्लेख छ। विमानस्थलका लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा विमानस्थल बनाउँदा ८ हजार हेक्टर क्षेत्रफलको साना ठूला गरी २४ लाख ५० हजार रूख काट्नुपर्ने उल्लेख छ।

    सरकारले निजगढमा विमानस्थल बनाउने योजना बनाएदेखि नै वातावरणविद्लगायतले ठूलो संख्यामा रूख काटिने र वन्यजन्तुलाई समेत असर गर्ने भन्दै विरोध गर्दै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]