राजनीति

ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षे रणनीति बनाउँदै मन्त्री गुरुङ

फाइल फोटो
पुस ६, २०७६

    काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षीय रणनीतिक योजना बनाउने बताएका छन्

    मन्त्री गुरुङले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा प्रयोग हुनेगरी सरकारले ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षे रणनीतिक योजना तय गर्न लागेको पनि स्पष्ट पारे। आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा ज्येष्ठ नागरिकगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिकको हित हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे।

    ‘ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभवलाई मुलुकको समृद्धिसँग जोडेर अघि बढने गरी सरकारले १० वर्षे रणनीतिक योजना बनाउने कामलाई अघि बढाएको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सुझाव दिन ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संघ, संस्था तथा विज्ञलाई आह्वान गर्दछु।’

    मन्त्री गुरुङले विपन्न वर्गका ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम ल्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए। उनले ज्येष्ठ नागरिकसम्बन्धी कार्यक्रमलाई ‘रुपान्तरणकारी कार्यक्रम’को रुपमा अघि बढाउन सरकारले चाहेको पनि स्पष्ट पारे। त्यसका लागि आवश्यक सुझाव दिन मन्त्री गुरुङले अवकाश प्राप्त नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलाई पनि आग्रह गरे।

    कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने १० जना ज्येष्ठ नागरिकलाई हरेक वर्ष १० लाख नगदसहित सम्मान गर्ने कार्यक्रमलाई अघि बढाउन मन्त्री गुरुङको ध्यानाकर्षण गराए। त्यसैगरी, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको हितमा सरकार केन्द्रित हुन लागेकोमा खुसी व्यक्त गर्दै मन्त्री गुरुङप्रति आभार व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]