समाज

चार हजार घुस लिएको आरोपमा मुद्दा

पुस ६, २०७६

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुमा कार्यरत कर्मचारीले जग्गाको ट्रेस नक्शा बनाइ दिएबापत घुस लिएको अभियोगमा अमिन सुशील बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    आयोगका अनुसार सेवाग्राही ज्ञानबहादुर कार्कीसँग जग्गाको नक्शा बनाउने क्रममा  चार हजार घुस मागेको आरोप लागेको छ। आयोगले आरोपीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गरेको छ। 

    मालपोत कार्यालय हरिवन सर्लाहीका खरिदार देवीचरण न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मालपोत कार्यालय हरिवनमा सर्लाहीमा लेखनदासको काम गर्ने केशवबहादुर कार्कीले एक हजार घुस लिई खरिदार न्यौपानेलाई दिएको पुष्टि हुन गएको आयोगले जनाएको छ। त्यस्तै ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाले टिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रहरी सहायक निरीक्षक झाले एक हजार घुस लिएको अभियोग लागेको छ।

     जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ठगीसम्बन्धी उजुरी मिलाइ दिने भन्दै साहले ९० हजार घुस मागेको अभियोग लागेको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]