समाज

भारतको साढे चार करोड लगानीमा एपीएफ स्कुलको छात्रावास

पुस ६, २०७६

    काठमाडौं : भारत सरकारको करिब साढे चार करोड रुपैयाँ लगानीमा सशस्त्र प्रहरी अन्तर्गतको नेपाल एपीएफ स्कुल परिसरमा छात्रावास भवन बनेको छ। 

    कीर्तिपुर नगरपालिका चम्पादेवी-७ मा अवस्थित उक्त स्कुलको छात्रावास भवनको भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. अजय कुमारले आइतवार एक समारोहबीच उद्घाटन गरे। 

    सन् २००५ मा स्थापित यस नेपाल एपीएफ स्कुल सशस्त्र प्रहरी बल अन्तर्गतको सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले चलाइरहेको शैक्षिक संस्था हो । यो विद्यालयमा २१ प्रतिशत भन्दा बढी छात्राहरु रहेका छन्। 

    यो परियोजनाको कार्यान्वयन नेपाल सशस्त्र प्रहरी बलले गरेको हो। भारत सरकारको ४ करोड ४ लाख नेपाली रुपैयाँ अनुदान सहयोगमा निर्मित दई तल्ले नयाँ संरचनामा वार्डेनका लागि छुट्टै कक्ष, शयन कक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाईको सुविधासहित ३२ वटा कोठाहरु छन्।

    नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। भारत सरकारले यस परियोजनासँग जोडिन पाएकोमा खुशी व्यक्त गरेको छ। 

    भवन उद्घाटनका क्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायतको उपस्थिति थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]